Recent

Action cast in car traffic encroaches on line!


मस्को  खासमा जब कुनै सवारीले यातायातको नियम तोडेमा कारबाही हुन्छ तर तपाईले कहिल्यै सुन्नु भएको छ की सवारीको छायाँले समेत ट्राफिक नियम मिच्दा कारबाही हुन्छ। तर रुसमा एउटा यस्तै घटना भएको छ। कारको छायाँले ट्राफिक नियम तोडेको भन्दै चलान काटिएको छ।

मस्कोको रिंग रोडको आमनेसामने हुने ट्राफिक नियमको लागि भनेर एउटा लाइन राखिएको छ जहाँ कुनै पनि सवारी त्यो लाइन काटेर गएमा उक्त सवारीको चलान काटिन्छ। यो लाइन सवारीमा अनुगमनका लागि राखिएको हो। जसमा सीसी क्यामरा राखिएको छ।

त्यही क्यामराको आधारमा त्यहाबाट हिडिरहेको एउटा व्यक्तिको कारको छायालाई समेत नियम उलंघनको आरोप लगाउँदै चिट काटिएको छ।

उक्त व्यक्तिले यातायात पुलिसमा यसबारे रिपोर्ट गर्दा पुलिसले यस बारेमा माफी मागेको छ भने उसले यो एक प्रकारको प्राविधिक समस्या भएको बताएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment