Recent

UAE in search of employment reached a Nepali sleeping death abasthamai


रोजगारीको खोजीमा भिजिट भिसामा युएई आएका एक नेपालीको आज बिहान हृदयघाटका कारण मृत्यु भएको छ ।

रोजगारीको खोजीमा गत ४ दिन अगाडी युएई भिजिट भिजामा आएका दिपेश सुनारको मृत्यु भएको हो  । सुनार युएई भिजिटमा आए पछी १/२ दिन बरदुबई स्थित मिना बजारमा साथीको रूममा बस्दै आएका  थिए । हिजो बेलुका आफ्नो काकालाई भेट्न दुबई देखि बेलुका ७ बजे तिर अबुधाबी आइकार्ड भन्ने  ठाउमा पुगेका थिए । काका संग भेट भएपछी बेलुका सकुसल खाना खाएर सुते पछी अचानक बिहानी पख ३ बजे तिर उनि सुतिरहेको अबस्थामै छटपटाइ रहेको थाहा पाए पछी दिपेश सुनारका काका धन बहादुर सुनार लगाएत अन्य साथीहरु उठेर हेर्दा उनको मृत्यु भईसकेको काका धन बहादुर सुनारले बताएका छन् । मृत्यु भएको थाहा पाए पछी तुरुन्त प्रहरीलाई खबर गरेको मृतकका काका धन बहादुर सुनार  फोन(00971552721565) मार्फत जानकारी दिएका छन् । थप जानकारी मृतकका मामा शंकर शर्मा (सम्पर्क नम्बर 00971554688514) ले पनि दिएका छन्।
 सुनारको मृत्यु भएको प्रहरीले जानकारी पाए पछी तुरुन्तै घटना स्थलमा पुगेर बिशेष अनुसन्धान पछी मृतकको पार्थिप शरीरलाई पोस्टमार्टम पछी अबुधाबी स्थित खलिफा हस्पिटलमा राखिएको दलित संजाल युएईका अध्यक्ष बिनोद विश्वकर्माले जानकारी दिएका छन् । यस अगाडी सुनार रोजगारीका लागि रसिया पुगेको र घरमा बुवाको मृत्युको खबर पाए पछी पुन नेपाल फिर्ता आएको दलित संजाल युएईका अध्यक्ष विनोदले जानकारी दिएका छन् ।  मृतक सुनार बर्ष २४ का रुपन्देही जिल्ला केरवानी गाबिस स्थित  ढेकावर भन्ने ठाउमा परिवार संगै बस्दै आएका थिए । उनका आमा, श्रीमती अनि १ छोरा  छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment