Recent

Neither the truck falls into place just fell


मुग्लिन नारायणगढ सडकखण्डमा शनिबार फेरि अर्को दुर्घटना भएको छ । शुक्रबार बिहान बस खसेको ठाउँ नजिकै ट्रक दुर्घटना भएको हो । ना ३ ख ४५५६ नम्बरको ट्रक शनिबार बिहान साढे ५ बजे अनियन्त्रित भएर झण्डै एकसय मिटर तल नदीमा खस्दा ट्रकमा रहेका ७ जना घाइते भएका छन् । शुक्रबार बस खसेको ठाउँ र शनिबार ट्रक खसेको ठाउँ झण्डै ३ किलोमिटरको दूरीमा रहेको चितवन प्रहरीले जनाएको छ । शुक्रबार बिहान गौरबाट पोखराको लागि छुटेको बस चण्डिभन्ज्याङ गाविस कालीखोलाबाट नदीमा खसेको थियो । यो ठाउँबाट मुग्लिन २ किलोमिटरको दूरीमा पर्छ । शनिबार ट्रक दुर्घटना भएको ठाउँ जलबिरे मुग्लिनबाट झण्डै ५ किलोमिटरको दूरीमा पर्ने प्रहरीले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको यात्रा जोखिम
बाहिरी जिल्लालाई काठमाडौंसँग जोड्ने मुख्य बाटो मुग्लिन–नारायणगढ सडकखण्डको यात्रा झन् झन् जोखिमपूर्ण बन्दै गएको छ । दिनहुँ दुर्घटनाका खबर सुन्दा यात्रु र चालकलाई चिन्ता थपेको छ ।
चीनको सहयोगमा ३४ वर्षअघि बनेको नारायणगढ–मुग्लिन सडकमा अहिले दैनिक ८ हजार गाडी गुड्छन् । पोहोर वैशाखदेखि फराकिलो बनाउन थालिएको यो सडक बिस्तारको काम चलिरहेको छ । त्यसैले पनि सडकमा गाडी चलाउन असहज छ भन्नुहुन्छ नारायाणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल ।
सडक बिस्तारका क्रममा पहाड फोडिएका कारण ३६ किलोमिटर सडकमा सानाठुला गरी ३२ ठाउँमा पहिरोको जोखिम छ । यसैले यो सडकमा गाडी चलाउन निकै डर लाग्ने बस चालक कृष्ण लामाले बताउनुभयो  ।
नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउने चालकको मात्र हैन यात्रुको अनुभव पनि उस्तै छ । बारम्बर दुर्घटना भइरहने सडकमा दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सचेतनामुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवाल बताउनुहुन्छ ।
प्रहरी र प्रशासनले प्रयास गरिरहेको दावी गरेपनि दुर्घटना हुने क्रम रोकिएको छैन । त्यसैले सुरक्षित यात्रा सुनिश्चित गर्न सडकको गुणस्तरमा सुधार गर्नुका साथै ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्नु जरुरी छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment