Recent

Son-in-law of Minister: Congress defeat, win power


नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पराजित भएका यूवा नेता गगनकुमार थापा र उहाँका ससुरा अर्जुननरसिंह केसी मन्त्री भएका छन् । कांग्रेसको १३ औं महाधिवेशनमा थापा र केसी महामन्त्रीमा पराजित भएका थिए ।
तेस्रो पटक विस्तार गरिएको मन्त्रिपरिषदमा ज्वाईं ससुरा दुवै मन्त्री भएका हुन् । १३ औं महाधिवेशनमा थापा कृष्णप्रसाद सिटौला र ससुरा केसी शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । 
महाधिवेशनमा महामन्त्रीमा पराजित सुसुरा र ज्वाईं दुवैलाई एकै पटक मन्त्री बन्ने अवसर प्राप्त भएको छ । महाधिवेशनमा केसी र थापा पराजित हुँदा उनीहरु दुवैले फरक धारबाट चुनाव लडेर भोग्नुपरेको पराजयको तीतो अहिले फरक धारमै रहेका कारण मीठो अवसर बनेको छ । गगनले स्वास्थ्य मन्त्रालय र केसीले शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
गगनका सुसुरा केसी यसअघि नै मन्त्री बनिसक्नुभएको छ भने गगन भने मन्त्रीका रुपमा पहिलो पटक सिंहदरबार छिर्नुभएको हो । केसीले नुवाकोट १ बाट चुनाव जित्नुभएको थियो भने गगन काठमाडौं ४ बाट चुनाव जित्ने कांग्रेसका जुझारु यूवा नेता हुनुहुन्छ । कांग्रेसको आन्तरिक राजनीतिमा दुवैले फरक धारबाट राजनीति गर्दै आएका छन् ।
कुनै समय कोइराला क्याम्पका सशक्त नेता मानिने केसी गत वर्षको फागुनमा भएको महाधिवेशनमा कोइराला क्याम्प परिवर्तन गरी देउवा क्याम्पबाट महामन्त्रीमा चुनाव लड्नुभएको थियो । गगन पनि कोइराला क्याम्पमै हुनुहुन्थ्यो, तर सुशील कोइरालाको निधनपछि कांग्रेसमा उदाएको अर्को धारमा रहेर गगनले फरक धारको राजनीतिक सुरु गर्नुभएको हो ।
कांग्रेसभित्रका प्रभावशाली नेताका रुपमा चिनिने कृष्ण सिटौलाको धारबाट गगनले अहिले कांग्रेसमा राजनीति गर्दै आउनुभएको छ । ससुरा देउवा क्याम्पमा पुगेका बेला थापा सिटौला क्याम्पमा पुगेपछि कांग्रेसको आन्तरिक राजनीतिमा ससुरा ज्वाईंको धार फरक–फरक बन्न पुगेको हो । सभापति देउवा क्याम्पबाट केसीले मन्त्री बन्ने सौभाग्य पाउनुभएको हो भने गगनको भाग्य चम्कनुमा सिटौला क्याम्पको महत्वपूर्ण खम्बा हुनु प्रमुख कारण बनेको छ ।
नेपाली कांग्रेसले यसअघि १३ मन्त्रालय पाउने भनिएपछि भागवण्डा मिलाउन नसकेपछि १५ मन्त्रालय लिएको छ । कांग्रेसको तर्फबाट देउवाले ८ मन्त्रालय, पौडेलले ५, खुमबहादुर खडका र कृष्ण सिटौला पक्षकाले एक एक मन्त्रालय पाएका छन् । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment