Recent

Saudi stranded four Nepalese Manpower return


श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा झिकाएर नेपाल फर्किन लाग्ने खर्च व्यहोर्न र पाउन बाँकी तलव दिलाउन भनेको हो ।
साउदीको जुबेलस्थित ओकिला घानिम अयादत अल मुतारी कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत काभे्रका टेकनाथ मैनाली, भुवन आचार्य, बुद्धबहादुर थापा र संजय शाहलाई नेपाल फर्कन लाग्ने खर्च म्यानपावरले व्यहोर्ने भएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिनुभयो । यस्तै म्यानपावरले उनीहरुको पाउन बाँकी तलव दिलाउन कम्पनीसँग कुरा गर्ने पनि बताएको छ । 
पीडित कामदारको उद्धारमा दूतावासले चासो नदिएको आफन्तको गुनासोपछि मन्त्रालयले टेलिफोन गरेर तत्काल उद्धारको प्रक्रिया थाल्न निर्देशन दिँदै दूतावासलाई इमेल पठाएको छ । दूतावासलाई आवश्यक प्रक्रिया पुरा गरेर उनीहरुलाई नेपाल फर्काउन भनिएको छ । 
२०७२ सालको असोजमा प्लम्बरको काममा साउदी गएपनि उनीहरुले सडक मर्मतको काम गर्नु परेको थियो । तर गएको चार महिनादेखि काम र तलव पाएका छैनन् । अलपत्र परेपछि साउदीस्थित नेपाली दूतावासमा फोन गरेपनि दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ ।
मन्त्रालयले पीडितका आफन्त र म्यानपावरलाई मन्त्रालयमा झिकाएर सहमति गराएको सूचना अधिकारी सेढाईंले बताउनुभयो । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment