Recent

The investigation of human trafficking should cover cricket

क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल सिपानले क्रिकेटको आवरणमा मानव तस्करी भएको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
सिपानले विज्ञप्ति निकालेर घटनाको तत्काल छानविन गरी सत्य तथ्य पत्ता लगाउन र त्यस्ता कार्यमा कोहि संलग्न रहेको पाइए कानुनी कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ ।
सिपानका महासचिव तथा क्रिकेट टिमका कप्तान पारस खड्काले निकालेको विज्ञप्तिमा खेलाडीलाई खेलसम्बन्धित कुनै पनि भ्रमणमा जानुअघि क्रिकेट एसोसिएसन अफ नेपाल क्यान, राष्ट्रिय खेलकुद परिषद वा सिपानसँग सम्पर्क गरेर जान मात्र आग्रह गरिएको छ ।  
क्रिकेट खेल्न भन्दै जापान गएका केहि गैह्र खेलाडी भएको र उनीहरुलाई जापानमा भगाइएको भन्दै समाचार सार्वजनिक भएपछि सिपानले यस्तो आग्रह गरेको हो । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment