Recent

Why purvagrhamantri madhavasahita found three?


गोरखाः त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात छ। आइतबार पौने पाँच बजे घिमिरे सवार जीप त्रिशूली नदीमा खसेको थियो। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना र उनीहरु सवार गाडीको रातभरि खोजीकार्य भएपनि सोमबार बिहानसम्म फेला पर्न सकेको छैन। 
घटनास्थल दारेचोकको घोप्टेभीरदेखि मुग्लिनसम्म राति साँढे एक बजेसम्म खोजी कार्य गरिएको थियो। सोमबार बिहान पाँचै बजेदेखि फेरि खोजी कार्य भइरहेको घटनास्थलमै रहेका चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँबरले जानकारी दिए ।
'तर अहिलेसम्म कुनै प्रगति भएन' उनले भने 'राति सवा एकबजेसम्म खोज्यौं । अहिले बिहान पाँच बजेदेखि नै हामी दुर्घटनास्थलमा खटिएका छौं । तर केही फेला पार्न सकिएन ।' नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको करिब दुई सय जनाको टोली निरन्तर खटिएको उनले जानकारी दिए। 'प्रत्यक्ष रुपमा हाम्रो संयुक्त टोली मुग्लिनसम्म खटिएको छ । त्रिवेणीबाँधसम्म पनि हामीले निगरानी गरिरहेका छौं' कुँबरले भने ।
खोजी कार्यका लागि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिँह, नेपाल प्रहरीका एसपी वसन्त कुँबर, सशस्त्र प्रहरीको विपद ब्यबस्थापन तालिम केन्द्रका प्रमुख एसएसपी राजुराम सुवाल, नेपाली सेनाको धादिङस्थित देवीदल गणका मेजरसहितको टोली आइतबारदेखि निरन्तर खोजीकार्यमा लागेको कुँबरले बताए ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment