Recent

University of Oxford, the world's best, which University Ranking What?


बेलायतको अक्सफोर्ड विश्वविद्यालय विश्वका विश्वविद्यालयको र्‍याङकिङमा शीर्ष स्थानमा उक्लिएको छ । अक्सफोर्ड टाइम्स हाइएर एजुकेशन वर्ल्ड युनिभर्सिटी र्‍याङकिङमा अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । क्यालिफोर्निया गाएको पाँच वर्षदेखि शीर्ष स्थानमा थियो । अहिले भने दोस्रो स्थानमा झरेको छ । शीर्ष १० विश्वविद्यालयमा अमेरिकाका सात, बेलातयका तीन तथा स्वीट्जरल्याण्डको एक विश्वविद्यालय परेका छन् । तेस्रो स्थानमा अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय, चौथोमा बेलायतको क्यामब्रिज विश्वविद्यालय, पाँचौंमा अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, छैटौंमा अमेरिकाको हार्वर्ड विश्वविद्यालय, सातौंमा अमेरिकाको प्रिन्सटन विश्वविद्यालय, आठौं स्थानमा बेलायको इम्पेरिय कलेज लण्डन तथा नवौं स्थानमा स्वीट्जरल्याण्डको स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी ज्युरिच छन् ।
दशौं स्थानमा अमेरिकाका दुई विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, बार्कली र सिकागो विश्वविद्यालय परेका छन् ।
र्‍याङकिङले एसियाली विश्वविद्यालयको स्तर बढ्दै गएको पनि देखाएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुर २४ औं स्थानमा छ । यो कुनै एसियाली विश्वविद्यालय पाएको अहिलेसम्मकै उच्च स्थान हो । शिक्षण, अनुसन्धान, अन्तर्राष्ट्रिय विद्यार्थी तथा कर्मचारीको आधारमा विश्वविद्यालयको र्‍याङकिङ गरिएको हो । 

 


Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment