Recent

Three bombs in the main planner khaejdai praharikae taeli


नेपाल प्रहरीको प्रतिआतंकवाद गतिविधीको अनुसन्धान गर्ने विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष देवेन्द्रसिंह महतको खोजीमा खटिएको २४ घन्टा कटिसक्यो । तर टोली उनीसम्म पुग्न भने सफल भएको छैन ।

राजनीतिक मागको आवरणमा जबर्जस्ती पैसा उठाउन काठमाडौं उपत्यकाका ११ विद्यालयमा बम राखेर आतंक मच्याए पछि प्रहरी महतको खोजीमा कस्सिए पनि उनको सम्पर्कको जालो पहिल्याउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

सशस्त्र द्वन्द्वताका माओवादीका बटालियन सहायक कमान्डर रहेका उनी काठमाडौं बाहिर पुगिसकेको सूचना बाहेक थप प्रहरीले खुलाउन नसकेको अनुसन्धानमा संलग्न स्रोतले बतायो ।

तत्कालीन नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आए लगत्तै २०६२ मा महत हतियारसहित भागेका, अनमिनको परिक्षणमा अयोग्य ठहरिएका माओवादी लडाकुलाई समेटेर पार्टी खोले पनि निर्वाचन आयोगमा दर्ता भने गरेका छैनन् ।
प्रहरी विवरण अनुसार उनले २०६२ बाटै राजनीतिक मागको आवरणमा विष्णु पौडेल, मिन देवकोटा, सुमन श्रेष्ठ, केशव दाहाल लगायतकालाई समेटेर आपराधिक घटना गराउँदै आएका छन् ।

मंगलबारको बम आतंक लगत्तै प्रहरीले सो समुहका शंकर लाखे र  चन्द्रबहादुर तामाङलाई पक्राउ गरेपछी घटनाको मुख्य योजनाकार महत रहेको र उनकै निर्देशनमा यी दुवैले विभिन्न स्कुलमा धम्क्याउँदै बम राखेको खुलेपछि प्रहरी टोली उनको खोजीमा खटिएको हो ।

महत प्रहरीका लागी नौला व्यक्ति भने होइनन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नै उनलाई  २ वर्ष अगाडि पक्राउ परेर जबर्जस्ती चोरीमा मुद्दा चलाएको थियो । महत र दाहालसहित ४ जना २०७१ असार १ मा यार्चागुम्बा चोरीको घटनामा पक्राउ परेका थिए । त्यसपछि पनि महत सार्वजनिक नै थिए ।

२ महिना अगाडिसम्म उनले सरकारले आफ्नो माग पुरा नगरेको भन्दै काठमाडौंमा सार्वजनिक कार्यक्रमको आयोजना गरेका थिए । २०६९ र २०७१ मा सरकारी वार्ता टोलीसँगको वार्ता र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हतियार बुझाउन समेत महत नै संलग्न थिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाले मंगलबारको घटनाको मुख्य योजनाकार महत देखिएपछि खोजीका लागि विशेष प्रहरी टोली नै खटाइएको जानकारी दिए ।

पक्राउ परेकालाई संगठित अपराध
काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले मंगलबार पक्राउ परेका लाखे र तामाङलाई विष्फोटक पदार्थ र संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको र महतलाई समेत सोही अभियोगमा खोजी भइरहेको जानकारी दिए ।

घटनामा महतसँगै संलग्न देखिएका अन्यको खोजी र पक्राउलाई उत्तिकै प्राथमिकता दिइएको बताउँदै एसएसपी थापाले भने, ‘प्रहरी खटिएका छन् । केही दिनमै उपलब्धीमुलक नतिजा आउँछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment