Recent

These symptoms may be beyond the blood cancer, read more.


एजेन्सी ।  क्यान्सर राेग लाग्नु भन्दा अागाडी मानिसकाे शरीरमा अनेकाैं लक्षणहरु देखा पर्छन । यदी यस्ता लक्षण बेलामै थाहा पाउन सक्याे भने क्यान्सरबाट बच्न सकिन्छ । रतगकाे क्यान्सरका लक्षणहरु यस्ता हुन सक्छन् ।

थकान महसुस हुनु

ब्लड क्यान्सरबाट पीडित भएपछि मानिसलाई थकान र कमजोरी महसुस हुन्छ । रगतमा राता रक्तकोशिकाको संख्या कम हुन थाल्छ, जसबाट रगतको पनि कमी हुन्छ ।

पटक– पटक संक्रमित हुनु

प्रभावित मानिस पटक–पटक संक्रमित हुन्छ । जब शरीरमा ल्युकिमियाको कोष विकसित हुन्छ । रोगीको मुख, घाँटी, छाला, फोक्सो आदिमा संक्रमण देखिन्छ ।

तौल घट्नु

तौल अस्वभाविक रुपमा घट्दै जान्छ ।

अचानक ज्वरो आउनु

ज्वरो क्यान्सरको एक लक्षण मानिन्छ । क्यान्सर रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, यसकारण रोगीलाई समय–समयमा ज्वरो आइरहन्छ । ब्लड क्यान्सर, ल्यकेमियामा ज्वरोको लक्षण देखिन्छ ।

बढी रगत आउनु

शरीरमा ल्युकिमिया कोषहरुको असामान्य निर्माणका कारण स्वस्थ रक्त कोषिकाहरु प्लेटलेट्स निर्माणमा अवरोध आउँछ । प्लेटलेट्स कोशिकाहरुको एक हिस्सा हो, जो चोट लाग्दा बढी रगत आउनबाट रोक्छ । तर, यसको कमीका कारण नाकबाट, महिलालाई रजस्वलाका दौरान र गिजाबाट बढी रगत आउने समस्या हुन्छ ।

जोर्नीमा दुखाई

जोर्नीको दुखाई आर्थराइटिसमात्र होइन, क्यान्सरको लक्षण पनि हुन सक्छ । ब्लड क्यान्सर बोन म्यारोमा हुने रोग हो, जो जोर्नीको आसपास बढीमात्रामा पाइन्छ । बोन म्यारोमा सेता रक्तकोशिका बढ्दा यस्तो हुन्छ ।

लिम्फ नोड्स बढ्नु

लिम्फ नोड्समा परिवर्तन हुनु पनि ब्लड क्यान्सरको संकेत हुन सक्छ । लिम्फ नोड्समा अथवा घाँटीमा एउटा गाँठो देखिए या सुन्निए तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु आवश्यक हुन्छ ।

पेटको समस्या

असामान्य सेता रक्तकोशिका कलेजोमा जम्मा हुँदा पेट सुन्निे र अरु समस्या निम्तन्छ । यस्तो समस्याले भोक पनि कम लाग्न सक्छ र थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ ।
यस्ता समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment