Recent

The US may attack the North koriyamathi


एजेन्सीः उत्तर कोरियाको मामलामा जानकार अमेरिकी विशेष प्रतिनिधिले उत्तर कोरियामाथि अमेरिकाले एकतर्फी कारबाहीको तयारी गरिरहेको खुलासा गरेका छन् ।
अमेरिकी विशेष प्रतिनिधि सुग किमका अनुसार अमेरिकाले उत्तर कोरियाले गर्दै आएको परमाणु परीक्षणको विरुद्ध एकतर्फी कारबाहीको विषयमा विचार गरिरहेको बताएका हुन् ।
यो अमेरिकाले सोचिरहेको कारबाही संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रतिबन्धभन्दा फरक रहेको समेत उनको भनाइ छ । उत्तर कोरियाविरुद्ध अमेरिका कुनै दोस्रो कारबाहीको तयारी गरिराखेको छ । यसका लागि अमेरिकाले जापान अथवा दक्षिण कोरियाको सहयोग लिन सक्ने समेत उनको भनाइ छ ।
शुक्रबार मात्र उत्तर कोरियाले गरेको पाँचौ पारमाणविक परीक्षणपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् उत्तर कोरियालाई शृङ्खलाबद्धरुपमा प्रतिबन्ध लगाउन सहमत भएको छ ।
राष्ट्रसंघले पारमाणविक बम परीक्षणको कडा शब्दले निन्दा गर्दै यस्तो निर्णय गरेको हो ।  

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रूस र चीनले उत्तर कोरिया शुक्रबार गरेको शक्तिशाली पारमाणविक बम परीक्षणको निन्दा गरेका छन्।

लाओसको औपचारिक भ्रमणमा रहेकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हायले यस परीक्षणको कडा शब्दमा निन्दा गरेकी छन्। 

लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन ९इएएस० मा भाग लिने क्रममा त्यहाँ रहेकी पार्कले यसै वर्षभित्र उत्तर कोरियाले गरेको यो दोस्रोपटकको पारमाणविक बम परीक्षण गरेको बताएकी थिइन् ।

उत्तर कोरियाले सुरक्षा परिषद्को संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लंघन गर्दै आएको छ । उत्तरका यस्ता अवाञ्छित गतिविधिले अन्तर्राष्ट्रिय जगत्लाई सशक्त चुनौती दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाएकी छन् ।

उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार गरेको पारमाणविक शक्ति परीक्षण अत्यन्त शक्तिशाली भएको र यसपछि ५.३ रिक्टर स्केलका कृत्रिम भूकम्पको महसूस गरिएको थियो ।

उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ । उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वीसामुद्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो ।

उत्तर कोरियाको ह्वाङ्जु ग्रामीण क्षेत्रबाट जापानी सागर ९सी अफ जापान०मा लगातार तीनवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको थियो । अगस्त २४ तारिखका दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५ सय किलोमिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment