काठमाडौं, भदौ २७ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आइतबार रातिदेखि नै पानी परिरहेको छ । सोमबार दिनभरीकै मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।
पूर्वी र मध्य क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताउनुभयो । मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले ठूलो पानी पर्ने मौसमविदको अनुमान छ । अझै केही दिन यसैगरी पानी पर्ने मौसमविद पौडेलले बताउनुभयो ।
गएको २४ घण्टामा लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ८५ दशमलव ५ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भैरहवामा ४८ दशमलव ४, ओखलढुंगामा ३५ दशमलव ८, काठमाडौंमा ३१ दशमलव १ र जिरीमा २४ दशमलव ७ मिलिमिटर पानी परेको छ ।

0 comments:
Post a Comment