Recent

The camera lens and sensor are better than ever.


गत साता एक विशेष कार्यक्रमका साथ एप्पलले आइफोन सेभेन सार्वजनिक गरेको छ । तर, यसको बिक्री यसै साताबाट मात्रै सुरु हुँदैछ । सेप्टेम्बर १२ बाट अमेरिकामा आइफोन सेभेनको प्रि–अर्डर खुला गरिएपछि यसका लागि निकै ठूलो संख्यामा माग आएको बुझिएको छ ।

प्रि–अर्डरको संख्यालाई आधार मान्ने हो भने आइफोन सेभेनले एप्पलका प्रोडक्टको यसअघिका सबै बिक्री रेकर्ड तोड्ने देखिएको छ । सामसुङको ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि आइफोन सेभेनको बिक्री भारी मात्राले बढ्ने अनुमान गरिएको छ ।

आइफोन सेभेनमा हेडफोन ज्याक हटाइएको छ । यसको मतलब आइफोन सेभेनमा वायरलेस हेडफोन प्रयोग गर्नुपर्ने छ । यसैका लागि एप्पलले एयरपड ल्याएको छ । तर, आइफोनको सेटमा एयरपड आउँदैन । यो छुट्टै किन्नुपर्छ र यसलाई १६० अमेरिकी डलर पर्छ । वायरलेस एयरपडको प्रविधि धेरैलाई मन परेको छ । तर, एउटा मात्रै एयरपड हराउँदा वा बिग्रिँदा १६० डलर गुमाउनुपर्छ । यो कुरा कतिलाई चित्त नबुभ् mन पनि सक्छ ।

आइफोन सेभेनको अर्को विशेषता भनेको यसको क्यामेरा हो । यसमा १२ र ७ मेगापिक्सेलका क्यामेरा छन् । क्यामेरामा पहिलेका भन्दा राम्रा लेन्स र सेन्सर छन् । यस कारण पिक्चर क्वालिटी पनि राम्रो रहेको छ । आइफोन सेभेनमा फिजिकल होम बटन पनि हटाइएको छ । यसको ठाउँमा प्रेसर सेन्सेटिभ सेन्सर छ । प्रयोगकर्ताले यो सेन्सरमा थिचेको महसुस गर्न सक्छन् ।

नयाँ आइफोनमा आईओइस टेन अपरेटिङ सिस्टम छ । र, यसको प्रोसेसरले आइफोन सिक्सभन्दा दोब्बर छिटो काम गर्छ । त्यसैले अन्य आइफोनभन्दा आइफोन सेभेनमा ब्याट्री अलि लामो समयसम्म टिक्छ ।

आईफोन सेभेन ३२, ६४ र १२८ जीबीको इन्टर्नल स्टोरेज क्षमतामा उपलब्ध हुनेछन्, जसको मूल्य क्रमश: ६५०, ७५० र ८५० अमेरिकी डलर तोकिएको छ । यो विभिन्न पाँच कलरमा उपलब्ध हुनेछ ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment