Recent

Seven cloves to benefit all


एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने गर्नाले रुघा खोकी र ज्वरो आएमा यस पानीले फाइदा गर्छ । पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ । मुखमा घाउ भएमा दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने गर्नाले घाउ निको हुन्छ । ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ । गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । यसो यर्नाले दुखाइ कम हुन्छ । दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिलाई यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत मिल्छ। एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ । दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति मिल्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment