Recent

Schools which terror bomb jailed


काठमाडौं: शैक्षिक व्यवस्था सुधारका नाममा योङ कम्युनिष्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले मंगलबार विहान राजधानीका झण्डै एक दर्जन विद्यालयमा बम आतंक मच्चाएका छन् । 

तात्कालीन नेकपा माओवादीले जनयुद्धताका चन्दा असुलीका लागि अपनाएको गुरिल्ला शैलीमा यी संगठनले दुई स्कुलमा बम बिष्फोट गराएपनि अन्य नौ स्थानमा राखिएका बिष्फोटकजन्य वस्तुलाई सेनाले निष्क्रिय पारेको छ ।

राजधानीका दुई विद्यालयमा बम बिष्फोट गराईएपनि अन्य सात विद्यालयमा बम भनिएर राखिएका बस्तुलाई सेनाले डिष्पोज गरेको हो । जोरपाटीस्थित आकाशद्विप इंलिस स्कुल र मनकामना उच्च माविमा सानो ग्यास सिलिण्डरलाई ईम्प्रोभाईज गरि पड्काइएको छ ।

यी सँगै फोर्स र केन्द्रले जोरपाटीकै माउन्ट युराल रिडर्स एकेडेमीमा सुतली बम, बौद्ध नारायणटारस्थित इष्टपोल एकेडेमीमा सुतली बम, एम्बेष्डर एकेडेमीमा सुतली बम, बौद्ध महांकलस्थित बाल संचार एकेडेमीमा सुतली बम, महाराजगंजस्थित कान्तिपुर इंलिस बोडिङ स्कुलमा सुतली बम, डल्लु स्थित कंचनजंघा स्कुलमा प्रेशरकुकर बम र बौद्धमा राई स्कुलमा शंकास्पद वस्तु राखेका थिए । सुतली र प्रेसर कुकरमा इम्प्रोभाईज गरेर बम बनाएको फेला परेपछि सेनाको डिष्पोजल टोलीले सबै डिष्पोज गरेको थियो ।

बम बिष्फोटपछि आकाशदीपको गेट र मनकामनाको पर्खालमा सामान्य क्षति हुन पुगेको छ । त्यसैगरि यही समूहले पाटनस्थित रेडियन्ट स्कुलमा समेत प्रेसर कुकरलाई इम्प्रोभाईज गरि बम बनाएर राखेका थिए । यसलाई पनि सेनाले डिष्पोज गरेको छ ।
प्रहरीले बम राखेको आशंकामा शंकर लाखे, चन्द्र बहादुर तामाङ र होम बहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


  
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment