Recent

Salt and so many benefits


बजारमा सहजै रुपमा पाउन सकिने बिरेनुन परम्परादेखि घरेलु ओखतीको रूपमा प्रयोग हुँदै आएको छ। बिरेनुनमा दर्जनौँ रोगविरुद्ध लड्नसक्ने क्षमता रहेको वैज्ञानिकहरूले बताएका छन् ।
अनुसन्धानले पनि विभिन्न थरीका रोग निको पार्ने बिरेनुन सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचीन कालदेखि नै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान् मानिँदै आएको छ



बिरेनुनको सेवनले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै स्फूर्ति ल्याउन भूमिका खेल्छ । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ । शरीरमा एसिड तथा फोस्फोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।
नियमित रूपमा यो नुन प्रयोग गर्नाले छाला चाउरिन पाउँदैन । साथै, छालामा दुस्ख दिने खटिरा तथा डन्डिफोर पनि आउन दिँदैन । श्वासप्रश्वाससम्बन्धी समस्या हुनेलाई बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
टाउकोको कोषिकालाई पुनर्जीवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउँछ । बढ्दो उमेरका केटाकेटीलाई यसले हड्डी बलियो बनाउन मद्दत पुर्‍याउँछ । रगतमा चिनीको मात्रा पूरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन ।
यसका साथै यसले मीठो निन्द्रा दिन्छ । मांसपेशीलाई बलियो बनाउँछ । बिरेनुनका यति धेरै फाइदा ! पिनास, घाँटी दुखेको देखि अनेकौँ रोगका लागि सबैभन्दा उत्तम औसधि तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निको हुन्छ । रक्तसञ्चारमा सुधार ल्याउनुका साथै रगतलाई प्रदूषित हुनबाट जोगाउँछ ।
यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन । यसले कलेजो र मिर्गौलालाई बलियो बनाउँछ । शरीरको सम्पूर्ण शक्ति, मुड तथा सकारात्मक विचारको विकासमा यसको देन प्रशंसनीय छ । छालाको समस्या निवारण गर्छ ।
सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक लागेमा निको बनाउँछ । अपरेसन पछिका घाउ निको पार्छ । छाला चिलाएको तथा एलर्जी निको पार्छ । पाठेघरसम्बन्धी समस्या समाधान गर्छ । जोर्नीजन्य समस्या र शरीर सुन्निएको निको पार्न मद्दत गर्छ।
Share on Google Plus

About skynewsnepal

1 comments: