Recent

Petroleum pipeline project took pace


रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजनाले गति लिएको छ । भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने उक्त परियोजनाको विस्तृत अध्ययन सम्पन्न भएपछि अब पाइपलाइन निर्माण हुनेमा नेपाली अधिकारी ढुक्क देखिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल भ्रमणका बेला पाइपलाइन बनाइदिने प्रतिबद्धता गरेपछि अघिल्लो भदौमा निर्माण सम्झौता भएको थियो । संविधान जारी भएपछि मधेसको विषयलाई लिएर भारतको नाकाबन्दीपछि परियोजना करिब एक वर्ष अन्योलमा परेको थियो ।

पाइपलाइनको विस्तृत सर्भे सम्पन्न भएकोले अब परियोजना निर्माण सुरु हुने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

आगामी डिसेम्बरबाट निर्माण सुरु गर्ने तयारी भइरहेको निगमले जनाएको छ । ‘पाइपलाक्ष्इन बिछ्याउने आसवासका रुख, बिजुलीका पोल, तारसहित संरचना क्लियर गर्न इन्डियन आयल कर्पोरेसनले भनेको छ,’ उनले भने, ‘हामीले जतिसक्यो छिटो खाली जमिन उपलब्ध गरायौं, त्यति छिटो उनीहरु काम गर्न तयार छन् ।’

विस्तृत सर्वेक्षण सकिएपछि पाइपलाइन परियोजना लगायतको विषयमा आइओसीका अधिकारीसँग छलफल गर्न निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको टोली सोमबार भारत गएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment