Recent

Pakistan to get married Hindu culture


पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीले हिन्दु विवाहको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
यो विधेयक पारित भएसँगै अव पाकिस्तानमा हिन्दु संस्कारमा गरिएको विवाहलाई वैधानिता दिइनेछ । र विवाह दर्ता गरिनेछ ।
यसअघि हिन्दुसंस्कार अनुसार गरिएका विवाहलाई कानुनी मान्यता दिँइदैनथ्यो । जसका कारण पाकिस्तानमा रहेका हिन्दु धर्मावलम्बी समुदायका मानिस असुरक्षित महसुस गर्दै आएका थिए ।
सोमबार यो हिन्दु संस्कारको विवाहलाई मान्यता दिन सदनमा राखिएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको थियो ।
विवाहका लागि दुलाहादुलहीको उमेर भने १८ वर्ष पुगिसकेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै पतिपत्नी एक वर्षभन्दा बढी समयदेखि अलगै बसेका छन् र उनीहरु एक अर्कालाई नचाहेर छुट्न चाहेमा त्यो अधिकार पनि पाउने उल्लेख गरिएको छ ।
त्यस्तै बहुविवाह गर्नेलाई कारबाही गर्ने पनि उल्लख गरिएको छ । पहिली श्रीमती भएका बेला दोस्रो विवाह गर्नेलाई कारबाही गरिने उल्लेख गरिएको छ ।
हिन्दु परम्परा अनुसार गरिने विवाहले परिवार, आमा तथा बच्चाको सुरक्षा गर्ने पनि उल्लेख गरिएको छ । बीबीसी ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment