Recent

Ortega after he became the world's richest man Bill Gates


काठमाडौंः बिल गेट्सलाई पछि पार्दै अमानिको ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन्।
फोर्ब्स पत्रिकाले शनिवार सार्वजनिक गरेको सूचीमा स्पेनिस खुद्रा बिक्री कम्पनी जाराका मालिक ओर्टेगा विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन्।
स्पेनका ओर्टेगासँग ७८ विलियन अमेरिकी डलर सम्पत्ति रहेको फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। दोस्रो स्थानमा झरेका बिल गेट्सको सम्पत्ति ७७ दशमलब ४ विलियन डलर छ। यसअघि सन् २०१५ मा विश्वकै धनी घोषित बिल गेट्सको सम्पत्ति ९० अर्ब डलर थियो।
यस्तै अमेरिकका का निवेशक वारेन बफेट तेस्रो धनी ब्यक्ति बन्न सफल भए भने अमेजोनका संस्थापक जेफ बेजोस चौथौ स्थानमा परेका छन्। फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै पाँचौ धनी व्यक्तिको सूचीमा परेका छन्।
यस्तै छैठौ स्थानमा माइकल ब्लुमबर्ग, सातौंमा ल्यारी एलिसन र आठौंमा कार्लोस स्लिम हेलु छन्।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment