Recent

Men's body was found in the toilet of the hospital


भक्तपुर: राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको शौचालयमा शङ्कास्पद अवस्थामा एक पुरुषको शव फेला परेको छ। केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको सोमबार शव फेला परेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए।
शौचालय सफा गर्न सफाइ जाने मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेला पारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए। लामिछानेले भने,'स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ। प्रहरीलाई बोलाएर शव बुझाएका छौं। के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो।'
अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी आज पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन्। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ।
मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन। रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment