Recent

Liverpool go into great galtih lifeline balatoli


मिलान– इटाली तथा नाइसका स्ट्राइकर मारियो बालाटोलीले लिभरपुल जाने निर्णय आफ्नो जीवनको ठूलो गल्ती भएको बताएका छन्।

आइतबार नाइसबाट डेभ्यु गरेका बालाटोलीले मार्सेलीविरुद्धको खेलमा दुई गोल गर्दै आफ्नो टोलिलाई ३–२ को जित दिलाएका थिए। खेलपछि संचारमाध्यमलाई प्रतिक्रिया दिदैँ बालाटोलीले आफुले लिभरपुल रोज्नु जीवनकै एक खराब र गलत निर्णय भएको बताएका हुन्।

बालाटोलीले भने ‘लिभरपुलका केहि खेलाडी स्तरीय छन् तर लिभरपुल राम्रो क्लब होइन। उनले आफु लिभरपुलमा रहदाँ ब्रेन्डन रोर्जस र जर्गेन क्लोप गरि दुई प्रशिक्षक रहेको र उनीहरुले आफ्नो खेल शैली नबुझेको आरोप लगाए। बालाटोली सन् २०१४ मा एसिमिलानबाट लिभरपुलमा आवद्ध भएका थिए। उनले लिभरपुलका लागि २८ खेलमा मात्र ४ गोल गरेका थिए।

तर उनले आफु अझै विश्वको उत्कृष्ट खेलाडी बन्न सक्षम रहेको बताएका छन् । उनले भने ‘ म अझै बालोन डि‘ओर जित्न सक्षम छु।

लिभरपुलले यस सिजनमा उनलाई निरन्तरता नदिएपछि यसै सिजन इटालीयन क्लब नाइसमा बालाटोली आवद्ध भएका थिए।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment