Recent

Knowing the amount of death grant elderly earthquake on Sunday


मेलम्ची: सिन्धुपाल्चोकको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ।
सोमबार मेलम्चीबाट भूकम्पपीडितको ५० हजार रुपैयाँ अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन्डो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए।
उनका अनुसार ९३ वर्षीय उनकै दाजु नातापर्नेसँग घर जान एक्लाएक्लै खोलो तर्दा भाइलाई खोलाले बगाएपछि उनी आत्तिँदै गाउँमा गई खबर गरेका थिए। खबर पाएपछि गाउँलेले खोजी गर्दा उनको साथमा रहेको रकमसहित शव फेला परेको थियो।
शव परीक्षण बिना नै जलाउन खोजेपछि इप्रकाका प्रहरीले थाहा पाई घटनास्थलमा पुगी आफूखुसी जलाउन लागेको शव परीक्षणका लागि मेलम्ची क्षेत्रीय अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। रासस

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment