Recent

Karzai says the Nepalese security forces "to put the government in possession '


गएको शनिबार सप्तकोसीमा डुंगा पल्टँदा हराएकाहरुको अझै पत्तो लाग्न सकेको छैन । डुंगा चालक तुफानी चन्द्रबंशीसहित नौ जना कहाँ छन् कसैलाई थाहा छैन । उनीहरुको खबर नहुँदा कोसीपारिको श्रीलंका टप्पु शोकमा डुबेको छ । 
हराएकाहरुको लास र सास दुबै नभेटिँदा आफन्तहरुले काजकिरिया समेत गर्न पाएका छैनन् । स्थानीय प्रशासनले हराएकाहरुको खोज्ने काम बन्द गरेपनि आफन्तहरुले भने अझै खोज्न छाडेका छैनन् । 

लास भेटिने आश

दिनहुँ लास भएपनि भेटिने आशले  खोजी गरिरहेको हराएकाका आफन्तले बताएका छन् । स्थानीय अर्जुन चन्द्रबंशीले हराएकाहरु फर्केर आउने आशमा अझै काजकिरिया गर्न नथालेको बताउनु भयो । केही परिवारले आस मारेर काजकिरिया सुरु गर्ने तयारी गरेपनि स्थानीय बासिन्दाले काजकिरिया गर्न दिएका छैनन् । लास नभटेकाले अहिले नै काजकिरिया थाल्नु राम्रो नहुने सुझाव दिएकाले काजकिरिया सुरु नगरेको चन्द्रबंशीले बताउनु भयो । 
सुनसरीको प्रकाशपुरस्थित सप्तकोसी नदीमा अघिल्लो शनिबार डुंगा पल्टदा नौ जना बेपत्ता भएका हुन् । ५९ जना चढेको डुंगामा अरुको भने सकुसल उद्धार गरिएको थियो । 
सुरुमा १३ जना हराएको भनिएपनि हराएका भनिएकाहरु पनि पछि सम्पर्कमा आएका थिए । डुंगा पल्टँदा सुनसरीको प्रकाशपुर श्रीलंका टप्पुका रेखा झा, पुजन झा, मिना झा, पार्वती चन्द्रबंशी, सकुन्तला चन्द्रबंशी, तुफानी मण्डल चन्द्रबंशी, सीता कबिरथ, बननादेवी साह, डोकू चन्द्रबंशीकी १२ वर्षकी छोरी र अन्दाजी १२ वर्षका एक बालक बेपत्ता भएका छन् ।  
सुनसरीको प्रकासपुर वडा नम्बर ४ र ५ बाट प्रकाशपुर बजार हिँडेका उनीहरु डुंगा पल्टँदा कोसीमै हराएको  प्रहरीले अनुमान गरेको छ ।

राहातको माग

डुंगा पल्टदा नौ जना हराएको सुनसरीको प्रकाशपुर वडा नम्बर ४ र ५ मा प्रशासन नपुगेकोमा स्थानीय बासिन्दाले चित्त दुखाएका छन् । हराएकाहरुको खोजी कार्यामा समेत सहयोग नभएको र सरकार फर्केर पनि नआएको भन्दै उनीहरुले विरोध गरेका छन् । 
‘पीडित परिवारलाई राहातको खाँचो छ । कम्तिमा सरकारले सान्त्वना स्वरुप भएपनि केही गरे हुन्थ्यो’ अर्जुन चन्द्रबंशीले भन्नुभयो, ‘श्रीलंका टप्पुका बासिन्दालाई कसैले केही गरेन ।’  स्थानीय श्याम सुब्बाले कोसी पारीका नागरिकलाई राज्यले नहेरेको बताउनु भयो । सुनसरीको प्रकाशपुर र महेन्द्रनगर गरेर श्रीलंका टप्पुमा २२ सय परिवार बस्दै आएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment