Recent

Hot milk with turmeric fully benefit from overdrinking 5


तातो दूधमा बेसार मिलाएर पिउनुलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आयुर्वेदिक औषधिको रुपमा पनि दूध र बेसारलाई प्रयोग गरिन्छ । milkबेसारमा एन्टी–ब्याक्टेरियल, एन्टी फंगल जस्ता गुण पाइन्छ भने दूधमा भिटामिन ए, भिटामिन बी र डी, क्याल्शियम र प्रोटीन भरपुर मात्रामा पाइन्छ । त्यसो भए तातो दूधमा बेसार मिलाएर पिउनुका फाइदाहरु के के छन् त ?

१. तातो दूधमा बेसार मिलाएर पिउनाले तनावबाट छुट्कारा दिलाउँछ । यसले शरीरलाई निकै आराम दिन्छ ।

२. अधिकांश मानिसहरु राम्रो निन्द्रा प्राप्त गर्न पनि दूध र बेसार अनिवार्य रुपमा प्रयोग गर्छन् ।

३. पाचनप्रक्रियालाई स्वस्थ राख्नुका साथै कब्जियतको समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ ।
४. दूधमा क्याल्शियम पाइने भएकाले हाडलाई बलियो बनाउन मद्दत पुग्छ ।

५. नियमित रुपमा दूध र बेसार मिलाएर सेवन गर्नाले शारीरिक र मानसिक क्षमता पनि वृद्धि हुन्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment