Home khaelyae pakistanale, India and Pakistan in war speech
इस्लामाबाद –पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले बारम्बार पाकिस्तानलाई आतंकबादीको आरोप लगाउने गरेको र यसको सँधै पाकिस्तानले खण्डन गर्ने बताएको छ।
भारतीय राज्य केरलामा शनिबार सम्पन्न एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान आतंकबादलाई संरक्षण गर्ने राष्ट्र भएको आरोप लगाएका थिए। मोदिले भने, भारत र पाकिस्तान एकै समयमा स्वतन्त्र भएका हुन् तर आज हेर्नुस भारत विश्वमा सफ्टवेयर एक्सपोर्ट गर्छ भने पाकिस्तान विश्वमा आतंककारी एक्सपोर्ट गर्छ आखिर यो किन?’
मोदीको यस्तो प्रतिक्रयापछि पाकिस्तानको विदेश मन्क्रालयका प्रवक्ता नाफीस जकारियाले भने, ‘भारतले पाकिस्ताको धेरै जसो स्थानमा आतंकबादी गतिबिधिलाई बढाइ रहेको छ। विशेष गरी काश्मिर र बालुचीस्तानमा।’ उनले भारतले कस्मिर क्षेत्रमा मानव अधिकार हनन गरिहेको आरोप समेत लगाए ।
जकारियाले भने, ‘पाकिस्तानले काश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन चाहिरहेको छ यो कुरा कुलभुषण यादवको बयानले पनि प्रष्ट हुन्छ कि बालुचिस्तानमा भैरहेको घटनामा भारतको उक्साहाटमा भैरहेको छ।’
पाकिस्तानले केही महिना पहिले पक्राउ परेका कुलभुषणलाई भारतीय जासुस भएको आरोप लगाउदै आएको छ।
0 comments:
Post a Comment