Recent

hings to use aspirin before Warfare


सिटामोल हामी सबैले धेरै प्रयोग गर्ने औषधि मध्यको एक हो । मेडिकल वा फार्मेसीमा सजिलै पाइने हुनाले हामीले सानोतिनो समस्यामा पनि यसको प्रयोग गरिरहेका हुन्छौं । तर सिटामोलको जताभावी प्रयोग हाम्रो लागि हानिकारक पनि हुन सक्छ ।

के हो सिटामोल ?
‘एसिटामिनोफेन’ पनि भनिने सिटामोल दुखाइ र ज्वरो कम गर्ने एक किसिमकोऔसधी हो ।

सिटामोल के का लागि प्रयोग गरिन्छ ?

-ज्वरो घटाउन

-टाउको दुखाइ कम गर्न

-ढाड दुखाइ कम गर्न

-घुँडा वा हड्डीको दुखाइ कम गर्न

-अपरेसन पछिको दुखाइ कम गर्न

सिटामोल कति डोजसम्म प्रयोग गरिन्छ ?

सामान्यतया नेपाली बजारमा ५०० मिलिग्राम डोजको सीटामोल पाइन्छ । बयस्क मानिसले ६ घन्टाको अन्तरालमा दीनमा चार पटक प्रयोग गर्न सकिन्छ । कलेजोको समस्या भएको र रक्सी सेवन गर्ने विरामीको हकमा भने यसको डोजमा केहि कम गर्नुपर्ने हुनसक्छ । वालवालिकाको निम्ती भने झोलको रुपमा रहेको सिटामोल पाइन्छ । बच्चाहरुको उमेर र तौल अनुसार डोजमा फरक पर्ने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नुपर्छ ।

कुन रोग भएकाले सिटामोल प्रयोग गर्नुहुदैन ?

सिटामोललाई टुक्राउने र शरिरबाट फाल्ने काम कलेजोले गर्ने गर्छ । यदि कलेजोको कुनै रोग छ भने त्यो काम गर्न सक्दैन र सिटामोल शरीरमै जम्मा भएर बस्दछ । त्यसैले कलेजोको रोग भएको खण्डमा यसको डोज कम गर्नुपर्छ वा विकल्पमा अरु नै कुनै औषधि प्रयोग गर्नुपर्छ । साथै लामो समयसम्म रक्सी सेवन गरेका मानिसहरुमा पनि कलेजोको समयसा हुन सक्छ । त्यस्ता विरामीहरुले पनि सिटामोल प्रयोग गर्नु अघि ध्यान पुराउनु पर्छ ।

सिटामोलले के हानी गर्न सक्छ ?

-छालामा फोकाहरु आउने

-वाकवाकी आउने, वान्ता आउने

-कलेजोमा समस्या

-मृगौलामा समस्या

-सिटामोलको प्रयोगपछि यस्ता समस्या देखिएमा अस्पताल वा चिकित्सकसंग सम्पर्क गरिहाल्नुपर्छ ।

अन्य ख्याल गर्नुपर्ने कुराहरु :

-औषधिखानुअघि त्यसको एक्स्पाईरी मिती सकिएको छ कि छैन भनेर खोलमा हेर्नुपर्दछ र सकिएमा प्रयोग गर्नुहुदैन ।

-औषधिलाई घाम, तातो र ओसीलो ठाँउमा राख्न हुदैन ।

-औषधिलाई बच्चाको पहुँचबाट टाढै राख्नुपर्छ ।

-यदि कसैले अधिक मात्रामा सिटामोलको सेवन गरेमा तुरुन्त अस्पतामला उपचारको निम्ती लैजानुपर्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment