Recent

Football striker Brian khabasako broken hand


काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा स्ट्राइकर भरत खबासको अभ्यासका क्रममा हात भाँचिएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यासका क्रममा स्ट्राइकर खबासको बायाँ हात भाँचिएको हो। खबास झन्डै चार हप्ता फुटबल खेलबाट टाढा रहनेछन्।
नेपालले आउँदो नोभेम्बर २ देखि १५ तारिखसम्म मलेसियामा हुने एएफसी सोलिड्यारिटी कपमा सहभागीता जनाउँदै छ। हात फ्याक्चर भएपछि खबासलाई छाउनीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको थियो।
चिकित्सकका अनुसार खबास मेलेसियामा हुने एएफसी सोलिड्यारिटी कपमा भने खेल्न सक्नेछन्। खबास सोमबार डिस्चार्ज हुने बताइएको छ। 
नेपाल बु्रनाई, भुटान, बंगलादेश र टिमोर तथा चाइनिज ताइपेइसँगै एउटै ग्रुपमा परेको छ। नेपालसँगै एउटै समूहमा रहेको पाकिस्तानले भने च्याम्पियनसिप नखेल्ने भएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment