Five gram for healthy skin benefits
बेसन अर्थात् चनाको पिठो त्वचाको सौन्दर्य बढाउनमा उपयोगी मानिन्छ । सुख्खा तैलिय तथा बिभिन्न प्रकारका छालाका लागि बेसनको प्रयोग गर्नु फाइदाजनक हुन्छ । १. बेसनको प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डन्डिफोर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ । २. तैलिय त्वचाका लागि बेसन निकै लाभदायी हुन्छ । बेसनमा गुलाबजल र दही मिलाएर त्वचामा लगाउने र १ घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम, सफा र चम्किलो देखिन्छ । ३. सुख्खा छालाका लागि बेसनमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ । ४. त्यसैगरी बेसनमा काँक्रोको रस,, गुलाबजल मिसाएर त्वचामा लगाउनाले त्वचा सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन मद्दत गर्छ । ५. बेसनमा कागति,, दही र बेसार मिलाएर त्वचामा लगाउने र २० मिनेट पछि चिसो पानीले धुने गर्नाले मृत छाला हटाएर त्वचामा चमक पैदा गर्छ र छालालाई घामबाट पनि बचाउँछ ।

0 comments:
Post a Comment