Recent

Because the image in a cartoon boy sleeping in the streets to spread the president's criticism


किर्गिस्तानको ओश प्रान्तको सडकमा सुतिरहेको बालकको तस्बिरले संसारको ध्यान तानेको छ । सडकमा सुतेका तीन वर्षका बालकको तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । यो तस्बिरले देशको गरीबीको अवस्था बताएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । तस्बिरले किर्गिस्तानको आर्थिक अवस्था उदाङ्गो पारेको मिडियाले लेखेका छन् । सडकको बिच भागमा कार्टुनको एक टुक्रा ओच्छ्याएर सुत्ने यी बालक ओश प्रान्तका हुन् । यो तस्बिर फेसबुकमा पोष्ट भएपछि सरकार र ती बालकको परिवारको आलोचना गर्नेको आइरो लागेको हो ।
यो अवस्थामा आफ्नो बालक छोडेको भन्दै उनकी आमाको चर्को आलोचना भएको छ । त्यस्तै किर्गिस्तानी  सरकार र त्यहाँका राष्ट्रपतिको पनि आलोचना गर्नेको कमी छैन । कतिपयले यो तस्बिरले देशको अवस्था दर्शाएको भन्दै राष्ट्रपति असफल बनेको टिप्पणी गरिरहेका छन् ।
यी बालककी आमाको नाम जुल्फिया युसेनोवा हो । उनले विविसीसँग भनेकी छिन् ‘जब म काम गरिरहेकी थिएँ, मेरो छोरालाई निद्रा लाग्यो र ऊ सुत्यो । तर यहाँ सुत्दा यस्तो हुन्छ भन्ने मलाई केही थाहा थिएन । मेरो छोरो धेरै बेरपनि सडकमा सुतेको थिएन, त्यस्तै १०/१५ मिनेट मात्र सडकमा सुतेको हो ।’ जुल्फियाको परिवार विपन्न छ । ती बालकका बुबा रोजगारीका लागि रुसमा छन् ।
त्यस्तै जुल्फियाले विविसिसँग भनेकी छिन्, ‘सरकारका एक मन्त्री हाम्रो घर आएका थिए । उनले खानेकुरा, लताकपडा दिएर गए ।  मन्त्रीको यो कामबाट हामी साहै्र खुसी छौं । यो बाहेक हामीलाई कुनै सहयोग आएको छैन ।’ राष्ट्रपतिले घर दिने भनेको आफुले पनि सुनेको उनको भनाई छ ।
जुल्फियाले आफ्नो छोराबारे सोसल मिडियामा भएका टिकाटिप्पणीले आफूलाई पनि लज्जित बनाएको बताइन् । ‘मलाई लाज लागिरहेको छ । लगत्तै उनले अठोट ब्यक्त गरेकी छन् म गरिब अवश्य छु, तर म मेरा बच्चाको हेरचाह गर्न नसक्ने गरि अल्छि पनि छैन ।’
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment