Recent

After the export of cardamom farmers happy


खाँदबारीः नेपाली अलैंची अब आफ्नै ट्रेडमार्कमा विश्वबजारमा पुग्ने भएको छ । हाल नेपालमा उत्पादित अलैंची ‘मेड इन इन्डिया' का नाममा विश्वबजारमा पुग्ने गरेकोमा अब एभरेस्ट बिग कार्डिमम ट्रेडमार्कमा निर्यात गर्ने तयारी गरिएको छ । अलैंची व्यवसायी महासंघले नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भईसकेकाले अब आफ्नै ट्रेडमार्कमा अलैंची निर्यात गर्न लागिएको जानकारी दिएको छ ।
डब्लूटीओका विभिन्न सन्धिमा हस्ताक्षर गरिसकेकाले आफ्नो उत्पादनलाई ट्रेडमार्क लिएर विश्वमाझ पुर्‍याउनुपर्ने व्यवस्था छ । ट्रेडमार्क लिन व्यवसायी उत्साहि भएको तर राज्यले कुनै चासो नदेखाएको ट्रेडमार्क कानुनमा स्नात्तकोत्तर गरेका अधिवक्ता भविश्र गुरुङ बताउँछन् । अलैंचीको राजस्व लिन सक्नेले बजार बनाउन नसक्नु गैरजिम्मेवारपन भएको उनको भनाइ छ । पस्मिनामा पनि यस्तै समस्या थियो तर पछिल्लो समय राज्यकै पहलमा नेपाली ट्रेडमार्क लिन सफल भएको छ ।
पहिलो चरणमा स्थानीय ट्रेडमार्क लिएर दोस्रोमा मात्र अन्तर्राष्ट्रिय ट्रेडमार्क लिनुपर्ने व्यवस्था छ । डब्लूटीओमा भारतले अलैंची दर्ता गरेर नेपाली अलैंची पुर्‍याउँदा राज्यलाई वार्षिक अर्बौं घाटा पुगेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भ ट्टराईको दाबी छ ।
महासंघले तीन वर्षदेखि ट्रेडमार्कको पहल सुरु गरेको हो । राज्यले सहयोग गरे तीन महिना भित्रमा एभरेस्ट बिक कार्डिममको ट्रेडमार्कमा अलैंची निकासी सुरु गर्ने उनले बताए । अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय बजारमा ट्रेडमार्कसँगै गुणस्तर कायम गर्नु चुनौती रहेको बताए । उनले भने, ‘विश्वबजारमा सक्कली देखिँदैन नेपाली उत्पादन भारतको नाममा पुग्छ, नक्कल रोकेर विश्वबजारमा पहिचान कायम गर्नुको विकल्प छैन ।'
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment