Why not see Customs cocaine brought from abroad?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएका भन्सारका कर्मचारीको लापरबाहीले अन्तराष्ट्रिय लागू औषध कारोबारी काठमाडौँलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउन हौसिएको प्रहरी दाबी छ । भन्सारको फितलो जाँच प्रणालीले तीन किलो ५४.५ ग्राम कोकिन गत बुधबार काठमाडौँ भित्रिएको रहस्य खुलेको छ ।
बोलिभियन नागरिक रोस्सी गुएडी तोलेडो भेलजोस्ले कालो सुटकेशमा फल्स बटम बनाएर गत बुधबार तीन किलो ५४.५ ग्राम कोकिन भन्सारको चेक प्वाईन्ट छलेर ठमेल पुर्याएकी थिइन् । उक्त कोकिन एक सातापछि विमानस्थलमै खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार राती साढे नौ बजे थाई नागरिक वारान्या कायपिकुबाट बरामद गरेको छ । विमानस्थल हुँंदै नेपाल आउने विदेशी पर्यटकका हकमा भन्सारका कर्मचारीको फितलो सुरक्षा जाँचपछि बोलिभियन नागरिक रोस्सी कोकिनसहित उम्किएपनि थाई नागरिक वारान्या मलेसियाहुँंदै थाइल्याण्ड जाने क्रममा पक्राउ परिन् ।
‘विमानस्थलको ‘इन्ट्री’ प्वाइन्टमा प्रहरीको उपस्थिति रहेपनि ‘एक्जिट’ प्वाइन्ट वा भन्सारमा प्रहरीको उपस्थिति नहुँंदाको फाइदा लागुऔषध कारोबारीले उठाइरहेका छन्, जस्को प्रमाण यो घटना हो, ब्यूरोका एसएसपी गणेश केसीले भने ।
बोलिभियन महिला रोस्सीले तीन हजार डलर पाउने प्रलोभनमा बोलिभियाबाट उक्त परिमाणको कोकिन बोकेर नेपाल आएका थिए। थाई महिला वारान्या भने ७० हजार भाट पाउने आश्वासनमा गत शनिबार थाइल्याण्डबाट नेपाल आएकी थिइन् । ब्यूरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार थाईल्याण्डमा बस्ने नाईजेरियन मुलका नागरिक रेम्मीलेले उनलाई पैसाको प्रलोभन देखाएर नेपाल पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वारान्यालाई थाइल्याण्डमै बस्ने रेम्मीले र रोस्सीलाई बोलिभियाका नागरक क्लाउडिओ नेग्रोलेले ठमेलमा कोठा बुक गरिदिएका थिए । डीआईजी चन्दका अनुसार रोस्सी र वारान्याले एकले अर्कालाई चिन्दैनन् । तर रेम्मी–वारान्या र क्लाउडिओ–रोस्सीबीच भने ह्वाट्स अपमा च्याट गरेर एकले आर्काको फोटो आदानप्रदान गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थाइल्याण्डमा बसेर रेम्मीले वारान्यलाई थाइनम्बरबाटै पाँच पटकसम्म फोन गरेका थिए ।
रोस्सी बोलिभियादेखि कोकिन बोकेर ब्राजिल हुँदै ईथियोपियाको एडिस आबाबाट भारतको नयाँ दिल्लीबाट काठमाडौं आएकी थिइन्। उनलाई ब्यूरोको टोलीले बुधबार विहान काठमाडौंबाट दुवई जाने क्रममा पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय अबैध बजार मुल्य अनुमानित ६ करोड १० लाख ८० हजार रुपैंया रहेको जानकारी डीआईजी चन्दले दिए ।
कोकिन बरामदको ऋङखला यो मात्रै होइन । २०६८ पुस २० गते देखि हालसम्म ब्यूरोले २६ किलो कोकिन बरामद गरिसकेको छ । कोकिनका कारोबारीले लामो समयपछि थाई नागरिकको प्रयोग गरेको पाईएको छ । यस अघि २०६८ पुस २० गते थाई महिला सुपारेरात म्याकेन्तोसलाई ब्यूरोले एक किलो कोकिनसहित पक्राउ गरेको थियो । कोकिन तस्करले भरियाको रुपमा पाकिस्तानी, फिलिपिन्स, नामिविया, नाइजेरिया, मलेसिया, दक्षिण अफ्रिका, भेनेजुएला, चीन र भारतका नागरिकको प्रयोग गर्दै आएको यस अगाडीका घटनाले पुष्टी गरेका छन् । अधिकांश भरिया विमानस्थलको भन्सार चेक प्वाइन्टबाट पार गरि ठमेलमा आई केही दिन बसेर अर्का भरियालाई पठाउन लाग्दा विमानस्थलमै प्रहरीबाट पक्राउ परेका हुन् ।
विमानस्थलका भन्सार प्रमुख योगेन्द्र गौचनले सबै यात्रुको लगेज ‘वान वाई वान’ जाँच गर्न भन्सार असमर्थ रहेको बताए । उनले भने,‘ होला भन्सारका कर्मचारीको पनि केही कमजोरी छन्, तर सबै यात्रुका लगेज एकएक गरि जाँच गर्न सकिंदैन, लागुऔषध नियन्त्रण ब्यूरोसँंग यस विषयमा छलफल भईरहेको छ ।’
भन्सारका कर्मचारीमा लागुऔषधसम्बन्धी विशेषज्ञ हाँसिल गरेका कर्मचारीको अभावले पनि कारोबारीले विमानस्थलबाट उम्काउन सफल देखिएको दावी गौचनको छ । उनले प्रहरीले निकासी तिर आफ्नो प्रभुत्व जमाइसकेकाले अब एराइभल तिर पनि ठाउँ खोज्दा भन्सारका कर्मचारी र प्रहरीबीच द्वन्द्व पैदा हुने बताए ।

0 comments:
Post a Comment