Recent

Where the possibility of petroleum products where


नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएर पनि अध्ययनका लागि सरकारले ध्यान नदिंदा भारतमाथि निर्भर रहनु परेको छ ।  नेपालमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको लामो समयसम्म त्यसको खोज अनुसन्धान लगायत उत्खनन्मा ध्यान नदिंदा नेपाल पेट्रोल र ग्यासमा निर्भर हुनु परेको हो । पूर्वदेखि पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । खानी तथा भूगर्व विभागका भूगर्वविद प्रमोद सिंखडाका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ । ‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ । तर, काम अगाडी बढ्न सकेको छैन’– सिंखडाले भने ।  उनका अनुसार धनगढी, नेपालगञ्ज, लुम्विनी, चितवन, बीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरलाई छुट्टाछुट्टै व्लकमा विभाजन गरिएको छ । ‘विभाजन गरिएका व्लकहरुको ५ हजार स्क्वाएर किमि भीत्रमा पेट्रोलियम पदार्थ छ ।’खानी तथा भूगर्व विभागले सम्भाव्यता भएका क्षेत्रहरुमा अध्ययन गरी पेट्रोलियम पदार्थ भएको प्रमाणित भएपछि ३२ वर्षअघि ती क्षेत्रहरुलाई विभिन्न व्लकहरुमा बाँडेको थियो । तर, ३२ वर्षसम्म व्लकमा बाँड्ने बाहेक केही काम हुन सकेको छैन । क्षेत्रगत रुपमा विभाजन गरिएका ठाउँहरुमा पेट्रोलियम पदार्थको परिमाण र  निकाल्न सक्ने सम्भावना लगायतको अध्ययन गर्नका लागि चार वटा विदेशी कम्पनीलाई इजाजत दिइएको थियो । तर,  अनुमति पाएका  कम्पनीहरुले काम नगरेपछि उनीहरुको अनुमतिपत्र खारेज गरिएको छ ।  पृथ्वीको गर्भमा रहेको पेट्रोलियम पदार्थको परिमाण, उत्खननको सम्भावना लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न धेरै खर्च लाग्ने भएकाले पनि अहिलेसम्म काम अगाडी बढ्न नसकेको सिंखडाले बताए । ‘खर्च बढी लाग्ने भएकाले यसमा ध्यान जान नसकेको हो । नेपालमै उत्खनन् भयो भने देशकै कायापलट हुन्छ ’– सिंखडाले बताए ।  ​दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको लेदो  चारवटा विदेशी कम्पनीले इजाजत लिए पनि उनीहरुले नेपालमा द्वन्द्वको कारण देखाउँदै काम गरेका थिएनन् । लामो समयसम्म लाइसेन्स लिएर काम नगर्ने कम्पनीहरुको लाइसेन्स सरकारले हालैमात्र रद्द गरेको हो । सरकारीस्तरबाटै तदारुकताका साथ काम भएको भए अहिलेसम्म परिणाम आइसक्ने सिंखडाको भनाई छ ।  भारतले २०४५ सालमा नाकाबन्दी गर्दा भोगेको कठिनाईलाई सम्झेर आत्मनिर्भर हुन प्रयास गरेर तदारुकताका साथ सरकारले काम गरेको भए अहिले नेपालमै पेट्रोलियम पदार्थको खानी चलेको हने सिंखडाले बताए ।  ‘पहिचान  गरिएका क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा देखिएको छ । त्यसकारणले सम्भावना राम्रो छ भन्ने विश्वास छ ’–सिंखडाले भने । प्राविधिक र बजेट अभावमा नेपाल आफैले पहिचान गरिएका ठाउँहरुमा थप अध्ययन गर्न सक्दैन । प्रतिशप्रर्धाका माध्यमबाट विदेशी कम्पनीहरुको छनोट गर्न टेण्डरको तयारी भैरहेको छ ।  सिंखडका भनाईमा छनोटमा परेका कम्पनीहरुलाई सरकारले सुरक्षा लगायत आवश्यक पर्ने सम्पूर्ण वातावरण मिलाइदिने हो भने दुई–तीन वर्ष भित्रनै पेट्रोलियम पदार्थको निक्र्यौल गरी खानी सञ्चालनको लागि पूर्व तयारी हुनसक्छ र त्यसको थप ३ वर्षभिीत्र खानी सञ्चालन गर्न सक्ने संभावना छ । ‘त्यसकालागि सरकार गम्भीर हुनुपर्छ ’–उनले भने ।  दैलेख जिल्लाका नामीस्थान र श्रीस्थानमा अहिलेपनि ग्यासबाट ज्वाला बलिरहेको छ । यो पेट्रोलियम पदार्थ भएको प्रमाण हो । अहिले वलिरहेको स्थानमा भन्दा अन्यत्रबाट ग्यास बगेर उक्त ठाउँमा आएर बल्ने भएकाले कुन ठाउँमा खानी छ , त्यसको पहिचान हुन सकेको छैन । ‘अहिले बलेकै ठाउँमा खानि भएको भए त सजिलो हुन्थ्यो । माथिबाट बगेर आएको ग्यास बलेको हाम्रो अनुमान हो । अध्ययनपछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने धेरै सम्भावना छ ’–सिंखडाले भने ।   
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment