Recent

What dangers facing the nation


एजेन्सीः दुनियाँमा यस्ता जातिहरु छन् जो प्रत्येक पल आफ्नो खतराको सामना गरिरहेका छन् । विश्वमा रहेका धेरै जनजाति समूह भने बाहिर संसारमा भएको परिवर्तनका कारण पनि जोखिममा परेका छन् ।
भारतको अण्डमान आइल्याण्डमा बसोबास गर्दै आएको अण्डमानीज जनजातिको पनि बाहिर दुनियाँसँग घुलमिल हुन नसक्दा अस्तिस्व नै संकटमा परेको छ ।
अण्डमान आइल्याण्डमा बसोबास गर्ने जातिलाई नेररिटोस पनि भनिन्छ । यो जातिका पुरुषको उचाइ महिलाको तुलनामा कम हुन्छ ।
यिनीहरु १९ औ शतब्दीसम्म बाहिरी मानिससँगको कुनै सम्पर्कमा थिएनन् । त्यो बेलासम्म उनीहरु आगो बाल्न पनि जाँन्दैनथे । यिनीहरुको मुल रुप भने अफ्रिकी हो । अहिले यो जातिको संख्या झन्डै पाँच सय मात्र छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment