Recent

Two children died when eating pickles copper Panchthar


पाँचथरः बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा आज एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबाँस जातको तामाको अचार खाँदा उनीहरु बिरामी भएका थिए ।

उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । तर स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदै गरेको प्रहरीले जनाएको छ । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment