काठमाडौं : प्रधानमन्त्रीको निर्वाचनअघि नै मधेसका माग र मुद्दा सम्बोधन गर्ने बारेमा कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको गठबन्धनबीच तीनबुँदे सहमति भएको छ।
तीनै पक्षका शीर्ष नेताहरुबीच मंगलबार बिहान भएको छलफलपछि सहमति भएको हो। प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गर्नुअघि नै सहमति गर्न कांग्रेस र माओवादी सफल भएका छन्। सहमतिपछि मात्र प्रचण्डको उम्मेदवारीमा मोर्चाले समर्थन जनाएको छ।
मधेस तथा आदिवासी जनजातीले राखेका मागहरुलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति भएको छ। मोर्चाका नेता लक्ष्मर्णलाल कर्णले तीनबुँदे सहमति भएको र गठबन्धनले नयाँ सरकार गठनमा सघाउने बताए।
मधेस आन्दोलनका क्रममा भएका घट्नाहरुको बारेमा छानबिन गर्न न्यायीक जाँचबुझ आयोग गठन गर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दाहरु फिर्ता लिने र प्रदेशको सिमांकनलगायतका विषयलाई संविधान संशोधन गर्ने सहमति भएको छ। यो सहमतिपछि मधेसी मोर्चासहितको गठबन्धनले प्रधानमन्त्रीमा प्रचण्डलाई मत हाल्ने भएको छ।
बुधबार प्रधानमन्त्रीको मतदान भएकोले त्यसअघि नै मधेससँग सहमति गरेर मधेसीसहितको गठबन्धनको मत आफ्नो पक्षमा पार्न कांग्रेस र माओवादी आइतबारदेखि नै आन्तरिक छलफल र गृहकार्यमा क्रियाशिल भएका थिए।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाबाट महन्थ ठाकूरलगायतका नेताहरु सहभागी थिए। मधेसी मोर्चासहितको गठबन्धनले प्रधानमन्त्रीको चुनावअघि नै मधेस मागलाई सम्बोधन गर्ने बारेमा राजनीतिक तहमा सहमति हुनुपर्ने भन्दै दबाब दिएपछि कांग्रेस र माओवादी सहमतिको कसरतमा जुटेका हुन् ।

0 comments:
Post a Comment