Recent

Those displaced by Facebook and Twitter


काठमाडौंः हाइ-५ मा भेट भएका सुवास अधिकारी र ओजस्वी आचार्यको सम्बन्ध प्रगाढ हुँदै वैवाहिक सम्बन्धमा बाँधिए । तर, वैवाहिक सम्बन्धमा पुग्नु अघिनै उनीहरू हाइ-५ छाडेर फेसबुक प्रयोग गर्न थालिसकेका थिए । ‘कुनै समय हाइ-५ मा मेरा सयौं साथी थिए त्यहाँ फोटो सेयर गर्ने, नयाँनयाँ साथी बनाउने र उनीहरूसँग रमाइला कुरा गरी समय बिताउने गरिन्थ्यो’ ,आजभन्दा १३ वर्ष अघि पढ्न काठमाडौं छिरेका धनुषा निवासी रमेश बराल सम्झिन्छन् ।
सामाजिक सञ्जाल भन्ने बितिकै सबैको मुखमा आउने नाम हो फेसबुक र ट्विटर । यसको प्रमुख कारण सामाजिक सञ्जालमा यी दुईको प्रभुत्व नै हो । सन् २००४ मा मार्क जुगरबर्गले फेसबुकको सार्वजानिक गरे यतानै सामाजिक सञ्जालको दुनियाँमा यसले प्रभुत्व जमायो । जुगरबर्ग रातारात अर्बपति भए । तर फेसबुक र ट्विटर बिनाको समय पनि थियो । जहाँ फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालको विकास त भएका थिए । तर, ती सामाजिक हुन सकेका थिएनन् । यसको अर्थ तिनको प्रयोग र पहुँच सबैमा थिएन् । भएकाले पनि फेसबुक र ट्विटरको आगमसँगै आफ्नो अस्तित्व नै गुमाउँदै गएका छन् ।
फेसबुक र ट्विटरले पारेको प्रभाव कस्तो छ भने कतिपय त इन्टरनेटसँगै फोसबुक र ट्विटरको विकास भएको मान्छन् । इन्टरनेटको विकासले मानिसलाई विश्वसँग जोडिने अवसर प्रदान त गर्‍यो, तर अहिले फेसबुक र ट्विटर जस्तो फ्रि र सहज सामाजिक सञ्जाल थिएन् त्यो । इन्टरनेटको दुनियाँमा हेर्ने थुप्रै सामाजिक सञ्जालको विकास भए । कतिपय सामाजिक सञ्जाल हामीले नामै सुन्नु नपाइ हराए ।
फेसबुक र ट्विटरको विकास हुनु भन्दा पहिले इन्टरनेट दुनियाँमा देखा परको सामाजिक सञ्जालमा ‘फ्रेन्डसटर', ‘माइस्पेस', ‘सेकेन्ड लाइफ' र ‘हाइ-५' हुन् । यसको अस्तित्व फेसबुक र ट्विटरको विकासले हरायो । प्रतिस्पर्धामा टिक्न नसकी बिलाए । इन्टरनेटको विकासले इन्टरनेटमा जोडिएका लाखौं मानिसलाई एकै ठाँउमा ल्याउन सकिन्छ भन्ने सोचले पहिलो पटक सामाजिक सञ्जालका रूपमा विकास भएको ‘फ्रेन्डसटर'को पहिलो तीन महिनामा नै ३० लाख प्रयोगकर्ता पुगेका थिए । तर ‘फ्रेन्डसटर' ले गुमाएको प्रयोगकर्ता र बजारको मुख्य कारण फेसबुक र ट्विटर मात्र नभएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।

सामाजिक सञ्जालको सुरुवाती चरमा भएर विविध प्रयोगकर्ता नपाउनु, ‘सामाजिक' भन्दाबढी ‘मिडिया' हुनु फ्रेन्डसटरको समस्याका रूपमा लिइएको छ ।
भनिन्छ ‘फ्रेन्डसटर फेसबुक थियो, माइस्पेस फेसबुक थियो भने फोसबुक हो ।' ‘माइस्पेस' ले सामाजिक सञ्जालमा लिडर बन्ने सपनालाई प्राथामिकता दियोे तर यसलाई मनोरञ्जनको गन्तव्यका रूपमा आफूलाई विकास गर्न नसक्नु यसको असफलताको प्रमुख कारणका रूपमा हेरिएको छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘माइस्पेस’ को अन्त्य फेसबुक र ट्विटरको विकास र तिनले आफ्नो बजार प्रवद्र्धनमा अपनाइएका रणनीतिसँग जुध्न नसक्नुलाई लिएका छन् ।
 साथै प्रयोगकर्ताभन्दा विज्ञापनलाई प्राथामिकता दिनु माइस्पेसको सबैभन्दा ठूलो भूल हो । अझै पनि सामाजिक सञ्जालको दुनियाँमा माइस्पेसको प्रयोग गर्ने मानिसको संख्या नभएको भने होइन तर अति नै न्यूनरूपमा । ‘सेकेन्ड लाइफ' र ‘हाइ-५' को कथा पनि यस्तै छ । प्रयोगमा असहज र आकर्षक नहुनु त फेसबुक र ट्विटरभन्दा पहिलेका सबै सामाजिक सञ्जालको समस्या नै हो । सँगसँगै प्रविधिको विकाससँगै आफूलाई परिवर्तन गर्न नसक्नु, प्रयोगकर्ताको मनसाय बुझ्न नसक्नु पनि सुरुवाती सामाजिक सञ्जालका समस्या थिए ।
सामाजिक सञ्जालमा मात्र हैन, प्रयोगका लागि सहज र आकर्षक एउटा कुनै प्रविधिको निमार्ण भयो भने त्यसले पहिला विकास भएका उस्तै प्रविधिलाई विस्थापित नै गरिदिएका छन् । सोच्नुस त ! तपाइँले पहिलो पटक प्रयोग गर्नु भएको ई-मेल सभिर्स कुन हो । सबैको मनमा याहु नै होला । फेरि बिचार गनुर्स त कति भयो तपाइँले याहु मेलको प्रयोग गर्न छाड्नु भएको । अहिले एकाउन्ट भएता पनि याहु मेलको प्रयोगमा विश्वमा नै कमि आएको छ । सन २००९ को तुलनामा यसको प्रयोगमा झन्डै ३५ प्रतिशत कमी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
समाजिक सञ्जाल भन्ने बित्तिकै सबैको मुखमा आउने नाम हो फेसबुक र ट्विटर । यसको प्रमुख कारण सामाजिक सञ्जालमा यी दुईको प्रभुत्व नै हो ।
‘लिटमस'ले तयार पारेको रिपोर्ट अनुसार सन २०१३ देखि प्रत्यक वर्ष ७ प्रतिशतका दरले आफ्नो प्रयोगकर्ता गुमाउँदै गएको । बढी ‘स्पाम' म्यासेज आउनुका साथै यसको प्रयोग जीमेलको तुलना असहज भएकाले पनि यस्तो भएकाले प्रयोगकर्ता कम हुँदै गएको लिटमसले उल्लेख गरेको छ । जीमेलले समय समयमा आफूलाई अपडेट गर्दै गयो । प्रयोगमा सहज र आकर्षक जिमेलले प्रविधि केन्द्रित हुनु पनि जीमेलको आकर्षक पक्ष भएको उल्लेख गरिएको छ ।
जीमेलको बढ्दो प्रयोगकर्ताले याहुलाई मात्र नभएर ‘हटमेल'का प्रयोगकर्ता क्रमसःघट्दै गएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment