Recent

The man's hands and feet kept corpses pyre


बुटवल: सर्पको डसाइबाट मृत्यु भएका भनिएका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन्।
रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले रातिनै घर लगेर आफ्नो संस्कारअनुसार शनिवार बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनः जिवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरिरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए।
मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखापरेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पुर्याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिए।
चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ‘रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विकास देवकोटाले बताए। 
उनले अञ्चल अस्पतालमा उपचारार्थ ल्याइएका र चिकित्सकले मृत्यु घोषणा गरेका व्यक्तिमा देखिएको यस्तो अवस्थाका बारेमा आफूले यथार्थ बुझ्ने समेत बताए। रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment