Support Prachanda warned the same day Deuba Paudel
काठमाडौँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सभापति देउवाले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन समर्थक बनेकै दिन पौडेलले देउवालाई महत्वपूर्ण विषयमा निर्णय लिनु अघि पार्टीभित्र छलफल गर्न आग्रह गरेका छन् ।
वरिष्ठ नेता पौडेल पक्षधर नेताहको मंगलबार अनामनगरमा बसेको बैठकले पार्टी र सरकारका विषयमा निर्णय लिँदा पार्टीभित्र विधिसम्मत र चित्तबुझ्दो ढङ्गले सबैलाई समेटेर निर्णय प्रक्रियामा पुग्न आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइरालालगायतका नेता सहभागी थिए ।
पार्टीका तर्फबाट मन्त्रिमण्डलमा सहभागिता जनाइँदा आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए नजाने पक्षमा ती नेताहरु रहेको बताइएको छ ।
0 comments:
Post a Comment