Recent

Suddenly realize that this is because the lack of petrol diesel


वीरगन्ज १६ तेजारथ टोलका सुरज थापाले पेट्रोल नपाएपछि पाँच दिनदेखि मोटरसाइकल थन्क्याएर घरमै राखेका छन् । 
पाँच दिन भयो कुनै पनि पेट्रोल पम्पमा पेट्रोल पाइएको छैन, त्यसैले मोटरसाइकल घरमै थन्क्याएर राखेको छु , उनले भने ,‘पहिले पहिले पम्पमा तेल नपाउदा मिनरल वाटरको बोत्तलमा पनि पेट्रोल पाइन्न्थ्यो, तर अहिले त त्यो पनि पाइएको छैन ।
वीरगन्जको बजारमा विगत पाँच दिनदेखि पेट्रोलको कृत्रिम अभाव भएको छ । वीरगन्जमा रहेका अधिकांश पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने सुचना झुण्डयाइएको छ ।
वीरगन्जको छपकैयामा रहेको दुर्गा आयल, बाइपास सडकमा रहेको पशुपति आयल, शुभलाभ आयल सेन्टर, श्रीपुरमा रहेको कमल विनायक फयुल सेन्टर, पावर हाउस चोकमा रहेको केडिया अटो इन्टर प्राइजेज, मनोज अटो केयर, गण्डक चोकमा रहेको अटो केयर लगायतका पेट्रोल पम्पहरुले गत बुधबार देखि नै पेट्रोलको विक्री वितरण ठप्प पारेका हुन् ।
पम्पमा पुग्ने मोटरसाइकल र साना सवारी साधनहरुलाइ पम्पका सन्चालकहरुले पेट्रोल छैन भनेर फर्कादिने गरेका छन् ।  भारतबाट वीरगन्ज नाका हुदै प्रयाप्त परिमाणमा पेट्रोल आयात भइरहेको छ । त्यस्तै, वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले पनि यहाका पेट्रोल पम्पलाई बजारको माग भन्दा बढी नै परिमाणमा पेट्रोल वितरण गर्दै आएको छ । तर, बुधबारदेखि यहाका पेट्रोल पम्पमा पेट्रोलको बिक्री वितरण ठप्प हुदा उपभोक्ताले पेट्रोल पाएका छैनन् ।
भारतबाट वीरगन्ज नाका हुदै गत बुधबारदेखि शनिबारसम्म चार दिनको अवधीमा ६१ लाख ६७ हजार लिटर पेट्रोल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 
भदौ १ गते बुधबार ८३ लाख ८७ हजार, २ गते ६ लाख  चार हजार, ३ गते सात लाख चार हजार र ४ गते शनिवार चार लाख ७२ हजार लिटर पेट्रोल भारतबाट वीरगन्ज नाका हुदै भित्रिएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । वीरगन्ज नाकाबाट साबिकको परिमाणमा पेट्रोल, डिजेल र ग्याँस आयात भइरहेको छ, उनले भने ।
यस्तै, चार दिनको अवधीमा वीरगन्ज र आसपासमा रहेका पेट्रोल पम्पहरुलाइ वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले एक लाख २० हजार लिटर पेट्रोल वितरण गरेको छ ।
वीरगन्ज र आसपासको बजारमा  दैनिक २४देखि ३६ हजार लिटर पेट्रोलको माग भएपनि आयल निगमले दैनिक ६० हजार लिटर पेट्रोल, पेट्रोल पम्पहरुलाइ वितरण गर्दै आएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अभिषेक ठाकुरले बताए । 
पछिल्लो समयमा यहाको बजारमा माग केहि बढेको छ , उनले भने ,‘शायद त्यसैले बजारमा पेट्रोलको अभाव भएको हुन सक्छ । 
पेट्रोल पम्पका संचालकले भने आयल निगमले मागे जतिको परिमाणमा पेट्रोल नदिएकाले अभाव भएको बताएका छन् । तर, भारतमा नेपालको भन्दा पेट्रोल प्रति लिटर चार रुपैयाँ सस्तो भएकाले यहाका पेट्रोल पम्पका संचालकले पेट्रोल भारत तर्फ तस्करी गरेर बजारमा कृतिम अभाव सृजना गरेको उपभोक्ताले बताएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बजारमा देखिएको पेट्रोलको अभावका बारेमा पेट्रोल पम्पमा अनुगमन गरिने बताए । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment