Recent

Sindhuli students and military training are being


सिन्धुलीः  सिन्धुलीका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम दिन सुरु गरिएको छ । पहिलो पटक एक सय आठ जनालाई सो तालिम दिन सुरु गरिएको हो । नेपाली सेना अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) भद्रकाली काठमाण्डौंले भगवती उमावि, सिद्धस्थली उमावि र गौमती उमाविका विद्यार्थीबाट तालिम सुरु गरेको हो ।
प्रत्येक विद्यालयका ३६/३६ जना विद्यार्थीहरुलाई समावेश गरेर जिल्लाका तीनवटा विद्यालयका एक सय आठ जनालाई एनसीसी कोर्ष सिकाउन थालिएको प्रशिक्षक मीनकुमार श्रेष्ठले बताए । एनसीसीको छनौटमा परेका तीन विद्यालयका छात्रछात्राहरुलाई तालिम गराउन थालिएको श्रेष्ठले बताए ।
तालिममा सहभागि विद्यार्थीहरुलाई नेपाली सेनाको जस्तै ड्रेस उपलब्ध गराइएको छ । उनीहरुलाई एक सय दिनको कोर्ष गराउने श्रेष्ठले बताए । ‘विद्यालयमा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको बार्षिक क्याम्प सञ्चालन गरिन्छ,' श्रेष्ठले भने, ‘अहिले तीन विद्यालयका एक सय आठ जना विद्यार्थीलाई संस्थागत तहको ७९ दिनको कोर्ष गराइन्दै आएको छ ।'
प्राय विद्यालयमै संस्थागत ७९ दिनको तालिम गराउँने र २१ दिनको वार्षिक क्याम्प भने मोरङको याङसिला, नवलपरासीको हात्तिखोला र बाँकेको कोहलपुरामा गराउने गरिएको छ ।
एनसीसीले देशमा युव विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी युवा जनशक्तिलाई अनुशासित, तालिम प्राप्त, अभिप्रेरीत बनाई राष्ट्रिय एकता र वफादारीताको भावनामा बाँधि चौतर्फी ब्यक्तित्व विकासमा सहयोग पुर्‌याउने उद्देश्ष्यले विद्यार्थीहरुलाई यस्तो तालिम गराइरहेको श्रेष्ठको भनाई छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment