Recent

Seti swept the boy found a new life



सिलगढी नगरपालिका १० मा बस्दै आएका ९ वर्षे लक्की कठायत सधैं झै आइतबार बिहान पनि पौडी खेल्न सेती नदीमा पुगे । महादेव मन्दिर नजिकै पौडी खेल्दै गर्दा उनी सेतीकोभंगालोमा परे । उर्लदो सेतीको भंगालोमा परेपछि अत्तालिएका लक्कीलाई नदीले बगाउन थाल्यो । झण्डै ५० मिटर तल पुर‌्याएपछि कसो कसो उनी नदीको बिचमा रहेको ढुंगा थुप्रिएको ठाउँमा पाखा लागे ।
पुलको पिल्लर भएको ठाउँभन्दा केहि मास्तिर ढुंगा थुप्रिएको थियो । त्यो थुप्रोमा उत्रिएपछि उनको ज्यान बचेको थियो । तर उनलाई त्यहाँबाट उद्धार गर्न पनि निक्कै कठिन भयो । उनलाई पुलमाथिबाट जाल फालेर जालमा पोको पारेर पुलमाथि तानेर उद्धार गरिएको थियो ।झण्डै डेढ घन्टाको प्रयासमा उद्धार गरिएका बालक लक्कीको स्वास्थ्य अवस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक भिमबहादुर मल्लले बताउनुभयो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment