Prachanda becoming prime minister
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चुनिदै हुनुहुन्छ ।
प्रधानमन्त्रीमा एउटा उम्मेदवारी परेको र प्रचण्डको पक्षमा स्पष्ट बहुमत देखिएकाले उहाँ प्रधानमन्त्री चुनिने पक्का भएको हो । प्रधानमन्त्रीको चयनको लागि बिहान ११ बजे बस्ने संसद् बैठक बोलाइएको छ ।
एक मात्रै उम्मेदवारी परेकाले प्रस्तावको पक्ष, विपक्षमा मत विभाजन प्रक्रिया अपनाइने संसद सचिवालयले जनाएको छ । संसदमा तत्काल बहाल रहेको कूल सदस्य संख्याको बहुमत पाएपछि मात्रै प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा हुन्छ । संसदमा अहिले ५९५ सांसद छन् ।
संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ । प्रचण्डको पक्षमा कांग्रेसको २०७, माओवादीको ८०, फोरम लोकतान्त्रिको १४, राप्रपाको १२, नेकपा संयुक्तको तीन र अरु साना दलको समर्थन छ ।
यसअघि प्रचण्डको पक्षमा मतदान दिने बताएको संघीय गठबन्धनले सहमति नभए विपक्षमा मतदान गर्ने बताएको छ । गठबन्धनलाई सहमतिमा ल्याउन कांग्रेस र माओवादीले प्रयास गरिरहेका छन् । राप्रपा नेपालले प्रचण्डको पक्ष र विपक्ष के मा मत दिने भन्ने निर्णय गरिसकेको छैन ।
संघीय गठबन्धन र राप्रपा नेपालको समेत मत प्राप्त भए दुई तिहाई पुग्ने भएकाले उनीहरुलाई सहमतिमा ल्याउन कांग्रेस र माओवादीले प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
0 comments:
Post a Comment