Recent

Prachanda became prime market for such a large decline in a single day which came


काठमाडौं : सेयर बजारमा सोमबार उच्च गिरावट आएपछि सर्किट ब्रेक लगाइएको छ। ८८.८१ अंकले बजार घटेपछि नियन्त्रण गर्न सर्किट ब्रेक लगाएर कारोबार नै स्थगित गरिएको छ।

बजार खुलेपछि केही क्षण हरियो भएको बजार निरन्तर ओरालो लागेको थियो। निकै अप्रत्याशित शैलीमा बजार तल गिरेपछि लगानीकर्ताहरु निरास भएका छन्।नेप्से सोमबार १६७५ को विन्दुमा आइपुगेको छ। कारोबार पनि अरु दिन भन्दा कम भएको छ। अर्बभन्दा बढी कारोबार हुँदै आएकोमा सोमबार जम्मा ८७ करोडको कारोबार भएको छ। घटेको बजार पनि बढी कारोबार हुनेमा बैंकहरु अगाडि छन। 
डेढ साता अघि १९ सय अंक नजिक छुन लागेको बजार छोटो अवधिमै दुई सय अंक घटेको छ। साउन १३ गतेदेखि बजार घट्न थालेको हो।
बजार विज्ञहरुका अनुसार सेयर बजार घट्नुपर्ने कुनै कारण छैन। भूकम्प र नाकाबन्दीजस्तो विषम परिस्थितिलाई पनि सामना गरेर निरन्तर अघि बढेको सेयर बजारका लागि अहिले राजनीतिक वातावरण र अन्य पक्षहरु पनि सकारात्मक छन्। सरकार परिवर्तको खेलसँगै देखिएको राजनीतिक अन्योल अन्त्य भएर नयाँ सरकार गठन भइसकेको छ भने झन्डै एक वर्ष लामो मधेस आन्दोलन पनि सहमतिमा टुंगिने अवस्था बनेको छ। राजनीतिक घट्नाक्रमले यसरी सकारात्मक मोड लिइरहेका बेला सेयर बजार भने अस्वभाविक रुपमा घटाइएको छ।
अरु बेला घटेको बजार पनि साउन भदौंमा बढ्ने गर्छ। त्यसैले यो अवधिलाई नेप्सेको साइकलमा ग्रिन सिजन भनिन्छ। तर यही ग्रिन सिजनमा साना तथा मध्यम लगानीकर्ताको सेयर सस्तोमा कब्जा गर्ने रणनीतिअनुसार बजार घटाइएको छ।
बजारमा देखिएको उच्च गिरावटबाट साना तथा मध्यम लगानीकर्ता मर्कामा परेका छन्। बैंक तथा कम्पनीरुले वार्षिक नाफा नोक्शान विवरण निकालेर बोनस, लाभांस तथा हकप्रद घोषणा गर्न लागिरहेको अवस्थामा सेयर बजारमा देखिएको यो अस्वभाविक गिरावटलाई बजार विज्ञहरुले चलखेल भनेका छन् ।बजार घटाएर सस्तोमा सेयर बुक गर्ने र छोटो समयमा धेरै कमाउने डिजाइनमा बजार घटाइएको आशंका गरिएको छ।
राजनीतिक वातावरण सुधारिदै गएको, कम्पनीहरुले आकर्षक नाफा कमाएको रिपोर्ट धमाधम आइरहेको, ब्रोकर कमिशन घटाउनेलगायतका पुँजी बजारलाई प्रोत्साहन र सुधारका कदमहरु एकपछि अर्को गर्दै कार्यान्वयनमा आइरहेको अहिलेको अवस्थामा नेप्सेमा यसरी गिरावट आउनु अस्वभाविक रहेको प्रतिक्रिया सेयर विज्ञ रविन्द्र भट्टराईले दिएका छन्।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment