मुग्लिनः गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस मुग्लिन नजिकै त्रिशुली नदीमा खसेको छ ।
दुर्घटनामा १५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले अन्नपूर्ण पोस्टलाई जानकारी दिए ।
घाइते मध्ये १३ जनाको उद्धारगरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको पनि हमालले बताए ।
ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ रहेको छ ।
घटनास्थलमा स्थानीयबासी प्रहरी तथा कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

0 comments:
Post a Comment