सौर्य मण्डलबाट नजिक रहेको तारा प्रोक्सिमा सेन्टुरीलाई पृथ्वीको आकारको ग्रहले परिक्रमा गर्ने गरेको वैज्ञानिकले पत्ता लगाएका छन् ।
यो सौर्य मण्डल बाहिरको मानव जीवनको सम्भावना रहेको वैज्ञानिकको भनाई छ । प्रोक्सिमा सेन्टुरीलाई परिक्रमा गर्ने ग्रहको आकार झण्डै पृथ्वी जत्रै रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । चट्टानले बनेको त्यो ग्रहको सतहमा तरल अवस्थामा पानी रहेको अनुमान वैज्ञानको छ ।
प्रोक्सिमा सौर्य मण्डलबाट ४.२ प्रकाश वर्षको दूरीमा छ । यो अनुसन्धानले सौर्य मण्डल बाहिरको ग्रहमा पनि मानव जीवनको सम्भावनालाई बलियो बनाएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानमा संलग्न क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका प्राध्यापक गुइलेम एनग्लाडाले साइन्स फिक्सनमा मात्रै सीमित रहेको सौर्यमण्डल बाहिरका ग्रहको कुरा अहिले बिस्तारै सत्य सावित हुने क्रममा रहेको बताउनुभयो । पृथ्वी जस्तै रहेको यस ग्रहका केही क्षेत्र मानव जीवनका लागि उपयुक्त हुन सक्ने धेरै सम्भावना देखिएको उहाँले बताउनुभयो ।

0 comments:
Post a Comment