Recent

New way to remove a stain from burns



एजेन्सी । शरीरको कुनै पनि अङ्ग जलेको छ भने त्यो दाग जीवनभर रहिरहन्छ । तर भर्खर नयाँ तरिका पत्ता लगाइएको छ जसबाट जलेको दाग हटाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई हेर्ने हो मृत्यूको मुख्य कारण मध्यको एक आगोमा जल्नु पनि हो । जो आगोमा जलेर पनि जीवित रहन्छन् उनीहरु आफ्नो शरीरमा लागेको र कहिल्यै नमेटिने दाग देखेर मनोवैज्ञानिक असरबाट गुज्रने हुन्छन् । इजरायलको अवीव यूनिभर्सिटी र अमेरिकाको हावार्ड यूनिभर्सिटीका अध्ययनकर्ताहरुले पोलेको दाग हटाउने तरिका पत्ता लगाएका हुन् । अध्ययनकर्ताहरुले इलेक्ट्रिक फील्डको सहयोगमा यो तरिका तयार गरेका हुन् जसले तपाईँको शरीरमा पोलेको दागलाई हटाईदिन्छ । अवीवका अध्ययनकर्ता अलेक्जण्डर गोलबर्ग भन्छन्, ‘पोलेर बनेको दाग जीवनभर मानसिक र सामाजिक चुनौति बन्दछ । हामीलाई विश्वास छ हामीले तयार गरेको ‘पार्शल इरिवर्सल इलेक्टोपोर्सन’ (पीआईआरई) मानिसहरुका लागि धेरै उपयोगी हुनेछ ।’ यो अध्ययन जर्नल अफ इभेस्टिगेटिभ डर्मेटोलोजीमा प्रकाशित भएको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment