Nepali, Indian companies have apologized, saying the emotions solid
नयाँ दिल्ली –गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ ।
फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।
फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, ‘हाम्रो नेपालीको अपमान गर्ने कुनै सोच थिएन ,यस विज्ञापनबाट विश्वभर रहेका नेपाली नागरिकमा पुग्न गएको ठेसप्रति हामी क्षमाप्रार्थी छौं।’ साथै कम्पनीले उक्त विज्ञापनमा प्रयोग भएको भादगाँउ टोपी र बालकको आवाज तत्काल परिवर्तन गरि सोही विजापनालई नयाँ रुपमा फेरि प्रसारण गरिने र सो विज्ञापन नायँ रुपमा केही दिनमा नै प्रसारण गरिने बताएको छ।
उक्त अभियानका एक सदस्य दिनेश शर्माले भने, ‘फ्लिपकार्डलले गल्ती स्विकार गर्दै उक्त विज्ञापन सच्चाउने बताएपछि हामीले मुद्दा फिर्ता लिएका छौं।’
गोरखा युवा तथा विद्यार्थी संगठन र हाम्रो स्वाभिमानले उक्त कम्पनीको नयाँ विज्ञापनले सरा नेपालीको अपमान गरेको भन्दै गत शनिबार दिल्ली प्रहरीमा मुद्दा दर्ता गराएको थियो। साथै उसले उक्त विज्ञापन विरुद्ध एक अभियान समेत चलाएको थियो। उक्त विज्ञापनमा एक नेपाली बालकलाई चौकीदारको रुपमा प्रस्तुत गरेको र उसलाई चौकीदारको पोसाकसँगै नेपाली र गोरखालीको शानको रुपमा रहेको भादगाउँ टोपीमा प्रस्तुत गरेको भन्दै गोरखा समाजले यसको विरोध गर्दै आएको थियो ।

0 comments:
Post a Comment