Nepal lost a life partner Celebrity
मृत्यु, जीवनको एक डर लाग्दो सत्य हो । मानिसले जन्मसँगै लिएको लिएर आएको एउटै सत्य हो, ‘मृत्यु’ । मृत्यु निश्चित छ, मात्र ढिलो चाँडोको कुरा हो । मृत्युले उमेर, जात, पेशा, धर्म केही हेर्दैन । कहिले काँही मानिसले आफ्नो सबै भन्दा प्रिय व्यक्ति गुमाउँछ । यही रितमा केही कलाकार पनि परेका छन् । आज हामी केही कलाकारको बारेमा चर्चा गर्दैछौँ, जसले आफ्ना जीवन साथी गुमाएका छन् ।
श्वेता खड्का
गोर्खाली, देवदुत, हामी तीन भाई, वर पिपल, कहाँ भेटिएला, कोहिनुर लगायतका दर्जनौँ सफल चलचित्रमा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको दुई वर्ष पुग्न लाग्यो । २०७१ साल साउन २४ गते उनले यो संसारलाई अलविदा भनेका थिए । विवाहको एक महिनामै पत्नी श्वेतालाई एक्लो पारेर उनले यो संसारबाट बिदा लिए । श्रीकृष्णको निधनको केही महिना श्वेता डिप्रेशनमा गईन् । तर, जसोतसो उनले आफ्नो च्यातिएको मनलाई सिउने कोशिस गरिन् र अहिले उनी सामान्य अवस्थामा जीवन बिताइ रहेकी छन् ।
हरिवंश आचार्य
हास्यव्यङ्ग्यका अभिनेता हहिवंश आचार्यले पनि श्रीमती मिरालाई गुमाए । मिरा सञ्चारकर्मी थिइन् । मिराको असमायिक निधनले उनी डिप्रशनमा परे । मिराको निधनपछि हरि निदाउन सक्दैनथे । श्रीमतीको असमायिक निधनबाट विक्षिप्त भएका उनले आफ्नो जीवन भोगाईको एक पुस्तक पनि प्रकाशित गरे “चिना हराएको मान्छे” । हरिले मिराको निधन भएको ढडे वर्षपछि दोस्रो श्रीमतीको रुपमा रमिला थापालाई भित्र्याए । हरिले दोस्रो विवाह मनोचिकित्सकको सल्लाह अनुसार गरेका थिए ।
सत्यराज आचार्य
गायक सत्यराज आचार्यले पनि पहिलो रुीमती गीता गुमाएका हुन् । उनले केही वर्ष पीडा र वियोगमा बिताए । पछि उनले आफू भन्दा १० वर्ष कान्छी अनिता थापासँग विवाह गरे । अनिता र सत्य एक छोराका माता पिता बनिसकेका छन् ।
पुरुषोत्तम प्रधान
छायाँकार पुरुषोत्तम प्रधानले पनि जीवन संगिनी गुमाएका छन् । उनकी श्रीमती सुत्केरी भएको २४ दिनमा नै यो संसारबाट बिदा भइन् । लामो समयको प्रेमपछि विवाह गरेका उनीहरुको प्रेम अमर रह्यो तर एक साथ जिउने सपना भने अधुरै रह्यो । ब्लक बस्टर लुट , नेपालकै पहिलो थ्रिडी चलचित्र भिजलान्ते, ड्रिम्स जस्ता चलचित्र खिचेका प्रधानले आफूलाई माया गर्ने श्रीमती गुमाएको पीडाका बिच पनि कामलाई निरन्तरता दिएका छन् ।
मनोज केसी
सांगीतिक ब्याण्ड १९७४ एडीका मनोज केसीले पनि श्रीमती गुमाएका छन् । मनोजले सन् २०१२ मा पे्ररणासँग प्रेम विवाह गरेका थिए । तर, सन् २०१५ मा प्रेरणाले यो संसारबाट बिदा लिइन् । पे्ररणा गर्भवति थिइन् र शल्यक्रिया गरेर बच्चा जन्माउन चाहन्थिन् । उनीहरुले यस बारे डाक्टरसँग कुरा पनि गरेका थिए ।
तर, डाक्टरले प्रेरणा र बच्चा दुवैको स्वाथ्य राम्रो भएकाले शल्यक्रिया गर्नु नपर्ने सुझाए । मनोज भन्छन्, 'एकदिन प्रेरणाले बच्चाको मुुभमेन्ट फिल गरिनन् । हामी हस्पिटल गयौं र अल्ट्रासाउण्ड गरायौं । बच्चाको घाँटीमा नाभी बेरिएको रहेछ । शल्यक्रिया गरेर बच्चा निकालौं भनिन् । तर, डाक्टरले नआत्तिन भने र बेथा सुरु हुने औषधि दिए । औषधिले काम गरेन । प्रेरणालाई दोस्रो डोज दिइयो । उनको बेथा सुरु भयो । उनले छोरा जन्माइन् ।
तर, औषधिको डोजका कारण अत्यधिक रक्तश्राव भयो । शल्यक्रिया गरेर पाठेघर निकाल्ने कुरा भयो । तर, शल्यक्रिया सफल भएन ।' औषधिको ओभरडोजको असर मनोजको छोरामा पनि देखियो । यही कारण उनको छोरालाई केही दिन भेन्टिलेटरमा राख्नु पर्यो । मनोजले अहिले छोराको आमा र बाबा दुवैको भूमिका निर्वाह गरिरहेका छन् ।
0 comments:
Post a Comment