Narayani River drowning disappeared two doctors
चितवनको नारायणी नदीमा दुई डाक्टर बेपत्ता भएका छन् । काभ्रेघाट नजिकै पौडी खेल्ने क्रममा दुई जना डाक्टर बेपत्ता भएका हुन् भने एकजनाको बग्न लागेको अवस्थामा उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर– ४ घर भएका दिपक काफ्ले र महेन्द्रनगरका डा पुकार खरेल बेपत्ता भएका हुन् । शनिवार बेपत्ता भएका उनीहरु सोमबार दिउसोसम्म भेटिएका छैनन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्ष र डा खरेल इन्टर्न गरिरहेका थिए ।
प्रहरीका अनुसार इन्टर्न र अन्तिम वर्षमा पढिरहेका ८ जना शनिवार मनाउन त्यहाँ पुगेका थिए ।

0 comments:
Post a Comment