More spare time women live cancer
धेरै समय फुर्सदमा बसेर बिताउने महिलाहरुलाई स्तन, पाठेघार तथा हड्डीको क्यान्सर हुने जोखिम बढी रहेको एक अध्ययनले देखाएको छ । बढी समय बसेर बिताउने महिलामा १० प्रतिशतले क्यान्सर सम्भावना बढी हुने तर पुरुषहरु भने यसबाट प्रभावित नहुने पनि बताईएको छ ।
वर्षौंसम्म शरीरका लागि अति थोरै शारीरिक अभ्यास कसैका लागि पनि प्रतिकूल हुने बुझाइ भए पनि हालै अनुसन्धानकर्ताहरुले फुर्सदिलो बसेर बस्दा शरीरलाई निकै जोखिम हुने तथ्य औंल्याएका हुन् ।
अमेरिकन क्यान्सर सोसाईटीका अनुसन्धानकर्ताहरुले सन् १९९२ देखि सन् २००९ को अवधिबीच ६९ हजार २६० महिला तथा ७७ हजार ४६२ पुरुष गरी एक लाख ४६ हजार व्यक्तिबीच गरेको अनुसन्धान गरेका थिए ।
अनुसन्धानकर्ताहरुले फुर्सदिलो भएर बस्दा महिलाहरुमा क्यान्सरको सम्भावना १० प्रतिशतले बढी भएको पाए तर पुरुषहरुमा यो समस्या देखिएन । यस बारेमा थप अनुसन्धानको आवश्यक्ता पनि उनीहरुले औंल्याएका छन् । साथै उनीहरुले फुर्सदिलो भएर बस्ने समय यथासम्भव कम गर्न पनि आग्रह गरेका छन् ।
यसअघि जर्मनीको युनिभर्सिटी अफ रेजेन्सवर्गको अध्ययनबाट पनि धेरै बेर बस्दा क्यान्सरको सम्भावनालाई उजागर गरेको थियो । दिनहुँ दुई घण्टाको निरन्तर बसाइँले यो सम्भावना बढ्ने अध्ययनबाट पत्ता लागे थियो ।
जर्मनीको अध्ययनका अनुसन्धानकर्ता डानियला स्मिड तथा डा. माइकल लिजम्यानले फुर्सदिलो भएर बस्नु र टेलिभिजन हेर्नुको अन्तरसम्बन्ध रहेका तथा यस क्रममा फाष्ट फुड तथा गुलिया पेय पदार्थको सेवनले क्यान्सरका तत्वलाई फाइदा पुग्ने तथ्य औंल्याएका थिए ।
यही फेब्रुअरी महिनामा एपलका प्रमुख कार्यकारी टिम कुकले कुर्सी, सोफामा बस्नु नयाँ क्यान्सर भएको बताउँदै आफनो स्मार्ट वाचले प्रत्येक घण्टा आफुलाई दश मिनेट उभिन र हिंड्न जनाउ दिने बताएका थिए । एजेन्सी

0 comments:
Post a Comment